मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २५ सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असार २५ सोमबार ११:१३:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कस्तो हुनुपर्छ क्यान्सरका बिरामीको जीवनशैली ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार २५ सोमबार ११:१३:oo

आधुनिक जीवनशैलीले हामीलाई अल्छी बनाइरहेको छ । अस्वस्थकर खानपान र अल्छी जीवनशैलीले मोटोपन निम्त्याउँछ र क्यान्सरको जोखिम बढाउँछ । नेपालमा फोक्सो, स्तन, पाठेघर, नाक–कान–घाँटीलगायतका क्यान्सर धेरैमा देखिने गरेको छ । त्यसैले क्यान्सर हुन नदिनका लागि जीवनशैली स्वस्थकर राख्न जरुरी छ । 

  • क्यान्सर जटिल रोग भए पनि यसको उपचार सम्भव छ, एकतिहाइभन्दा बढी मानिस पूर्ण रूपमा निको भएर बाँचिरहेका छन् । तर, क्यान्सर भएपछि रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले बिरामीले खानपिन र जीवनशैलीमा विशेष ध्यान दिनुपर्ने हुन्छ । क्यान्सर भएकाले हाई प्रोटिन, हाई फाइबरयुक्त डाइट खानुपर्ने हुन्छ । 
  • किमो लिइरहेका क्यान्सरका बिरामीले खानपिनमा अझै धेरै ध्यान दिनुपर्छ । किनकि, किमो लिइरहेका वेला शरीरमा डब्लुबिसी अर्थात् ह्वाइट ब्लड सेल्स’ कम हुन्छ । जसकारण, रोगप्रतिरोधी क्षमता घट्छ र संक्रमणको जोखिम धेरै रहन्छ । 
  • किमोथेरापी लिइरहेका बिरामीले काँचो खानेकुरा खानुहुँदैन । मुला, काँक्रा, गाँजरलगायत काँचा खानेकुरामा कीटाणु पनि हुन सक्छ । खोलामा पखालेको पनि हुन सक्छ । जंकफुडबाट टाढा रहनुपर्छ । घरमै मज्जाले पकाएका खानेकुरा खानुपर्छ । 
  • पसल वा ठेलामा राखिएका खानेकुरामा झिँगा भन्किएको हुन सक्छ । खुला ठाउँमा राखिएको हुन सक्छ । गुणस्तर सुनिश्चित नभएका कारण प्याकिङ गरिएको खानेकुरा खानु राम्रो मानिदैन । 
  • किमोथेरापी लिइरहेका वेला बिरामीलाई खानामा अरुचि हुन्छ । त्यस्तो वेला खाना नजिक ल्याउँदा पनि वाकवाकी लाग्ने हुन सक्छ । विशेषगरी, खाना पकाउँदा आउने बास्नाले यस्ता बिरामीलाई वाकवाकी लाग्न सक्छ । त्यसैले उनीहरू भान्सामा नछिर्दा हुन्छ । एकैपटक धेरै खानेभन्दा पनि थोरै–थोरै ग्यापमा केही न केही खाइराख्नुपर्छ । पकाएर हल्का सेलाएका खानेकुरा खानुपर्छ । 
  • गेडागुडी, सागसब्जी, दालको रसलगायत झोलिलो खानेकुरा खानुपर्छ । तेलमा तारेको मासु, भुटेको मासु, डढेको मासु खानुहुँदैन । झोल बनाएर मासु खाँदा हुन्छ । 
  • क्यान्सरका बिरामीले सकेसम्म माछा खानु राम्रो हुन्छ । दही–दूध खानै नमिल्ने भन्ने हुँदैन । एकै रातमा बनाएको दही खाँदा हुन्छ । बिरामीलाई यदि दूधजन्य पदार्थ मन पर्छ भने खाँदा हुन्छ । तर, कसै–कसैलाई मासु तथा दूधजन्य उत्पादन पच्दैन । पचेन भने मासु र दूधजन्य उत्पादन नखाँदा हुन्छ । 
  • फलफूलले स्वास्थ्यका लागि राम्रो गर्छ । क्यान्सरका बिरामीले फलफूल खाँदा विशेष ध्यान दिनुपर्ने हुन्छ । विषादी तथा औषधि मिसाएको हुन सक्छ । फलफूल पकाउनलाई पनि औषधि हालेको हुन सक्छ । त्यसैले राम्रोसँग पखालेर काटेर धेरै 
  • बेर नराखी खानुपर्छ । स्याउ, केरालगायतका फलफूल खानुपर्छ । 

कस्तो जीवनशैली ? 

  • किमोथेरापीले शरीरलाई शिथिल बनाइरहेको हुन्छ । त्यसैले यतिवेला शरीरलाई भार पर्ने काम गर्नुहुँदैन । तर, यसो भन्दैमा सधैँ सुतिराख्ने, एकै ठाउँ बसी राख्नुहुँदैन । 
  • सामान्य हिँडडुल गर्नुपर्छ । तर, रुघाखोकी लागेका वा कुनै संक्रमण भएका मानिसको नजिक जानुहुँदैन । रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले क्यान्सररोगीलाई यस्ता मानिसबाट सहजै संक्रमण सर्न सक्छ । मानिसहरूसँग भेट्दा मास्क लगाएर बस्नुपर्छ । भिडभाडमा जानुहुँदैन । 
  • पर्याप्त पानी पिउनुपर्छ । पर्याप्त निदाउनुपर्छ । टिभी हेर्ने, पत्रपत्रिका पढ्ने लेखरचनाहरू पढ्नेलगायत मुड फ्रेस राख्ने काम गर्नुपर्छ ।