मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २५ सोमबार
  • Wednesday, 18 December, 2024
२o८o असार २५ सोमबार o८:३५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

युनाइटेड छाड्दै गोलरक्षक जिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार २५ सोमबार o८:३५:oo

म्यानचेस्टर युनाइटेडका अनुभवी गोलरक्षक डेभिड डी जियाले क्लब छाड्ने भएका छन् । १२ वर्षको साँठगाँठ तोड्दै गोलरक्षक जियाले युनाइटेडबाट बाहिरिने निर्णय गरेको बेलायती समाचार एजेन्सीले जनाएको छ । यसै सिजनमा उनको सम्झौता समाप्त भएको थियो । इंग्लिस क्लब युनाइेटड उनलाई क्लबमै राख्न नयाँ सम्झौताको तयारीमा थियो । नयाँ सम्झौता चित्तबुझ्दो नभएपछि गोलरक्षक जिया क्लब छाड्ने पक्षमा उभिएको एजेन्सीले जनाएको छ । 

युनाइटेडबाट प्रतिसाता तीन लाख ७५ हजार पाउन्ड थापेका जिया राम्रो क्लबमा जान सक्ने अनुमान गरिएको छ । सन् २०१९ मा युनाइटेडले उनलाई प्रतिसाता महँगो रकम दिएको थियो । त्यसयता उनको पारिश्रमिकमा हेरफेर भएको छैन । पछिल्लो समय नाम चलेका खेलाडीको गन्तव्य साउदी अरेबियाको प्रो लिग बनिरहेको छ । सम्भवतः उनी साउदी क्लबमै जान सक्ने अनुमान छ । 

साउदी प्रो लिगमा युरोपमा नाम कमाएका खेलाडी पुगेका छन् । साउदी अरेबिया क्लबले राम्रो तलब र सम्झौता रकमसमेत आकर्षक रूपमा दिने भएकाले पनि खेलाडी त्यहाँ आकर्षित भएका हुन् । जियाले आफ्ना समर्थकलाई सोसल मिडियाबाट धन्यवाद दिएका छन् । ‘म्यानचेस्टर युनाइटेडका सबै समर्थकलाई बिदाइ सन्देश दिन चाहन्छु,’ उनले भने, ‘यो १२ वर्ष मलाई साथ दिने सबैलाई धन्यवाद दिन्छु !’ 

सन् २०१२–०१३ को सिजनमा प्रशिक्षक सर एलेक्स फर्गुसनले उनलाई भित्र्याएका थिए । इंग्लिस क्लबमा एक दशक बिताउँदा उनले पाँच सय ४५ खेल खेले । जसमा उनले इंग्लिस प्रिमियर लिगसहित प्रमुख आठ उपाधि हात पारे । उनले एकपटक एफए कप र युरोपा लिग जितेका छन् ।