१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o६:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आर्मी र एपिएफको दोस्रो जित

राष्ट्रिय टोलीका कप्तान हरिहजुर थापा, मानबहादुर श्रेष्ठ, राजेन्द्र विष्ट, हरि अधिकारी, दुर्गा खड्का र धनबहादुर भट्ट क्षेत्री समावेश आर्मीले सहजै दावाँलीलाई हरायो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:५५:oo

त्रिभुवन आर्मी र एपिएफ क्लबले सातौँ पुरुष राष्ट्रिय भलिबल लिगमा लगातार दोस्रो जित निकालेका छन् । राखेप कभर्डहलमा आइतबार निकालेको जितसँगै आर्मी र एपिएफले समान ६ अंक जोडेका छन् । आर्मीले दोस्रो खेलमा दावाँली मिलन क्लबलाई २५–१९, २५–११ र २५–२० को सोझो सेटमा हरायो । राष्ट्रिय टोलीका अधिकांश खेलाडीले भरिएको आर्मीले पहिलो खेलमा सैलुङ बाघढुंगालाई पराजित गरेको हो । राष्ट्रिय टोलीका कप्तान हरिहजुर थापा, मानबहादुर श्रेष्ठ, राजेन्द्र विष्ट, हरि अधिकारी, दुर्गा खड्का र धनबहादुर भट्ट क्षेत्री आर्मीको जर्सीमा छन् । 

प्रतिस्पर्धात्मक अर्काे खेलमा एपिएफले गण्डकीलाई ३–१ को सेटमा हरायो । पहिलो सेट गुमाएको एपिएफले बाँकी सेट जित्दै पुनरागमन गरेको हो । पहिलो सेट एपिएफले २१–२५ ले गुमायो । एपिएफले त्यसपछि २५–२१, २५–२३ र २५–१७ ले जित्दै तीन अंक जोडेको हो । पहिलो खेलमा एपिएफले दावाँलीलाई सोझो सेटमा हराएको थियो । 

यता, उपाधि दाबेदार हेल्प नेपाल विजयी भयो । हेल्प नेपालले शैलुङ रामेछापलाई ३–० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको हो । पाकिस्तानका एइमल खान, माजहर अली र अदनान खानको साथ पाएपछि एकपक्षीय दबाब बनाउँदै हेल्प नेपालले २५–१२, २५–१५ र २५–१९ को जित निकाल्न सफल भएको हो । 

महिलातर्फ न्यु डायमन्डको जित
महिलातर्फको विभागीय डर्बीमा एपिएफले आर्मीलाई ३–२ को सेटले हराउँदै अंक बाँडेको छ । एपिएफले संघर्षपूर्ण खेलमा पहिलो सेट ३०–२८ र दोस्रो सेट २५–२३ ले जितेको थियो । आर्मीले तेस्रो सेट २५–२० ले जित्दै पुनरागमन संकेत गर्‍यो । चौथो सेट २५–१९ ले जित्दै आर्मीले खेल २–२ को बराबरी सेट बनायो । निर्णायक तथा पाँचौँ सेटमा आर्मीलाई दबाब बढाउँदै एपिएफले १५–६ ले जित निकालेको हो । एपिएफको दुई तथा आर्मीले एक अंक जोडेको छ । अर्काे खेलमा पूर्वविजेता न्यु डायमन्डले गण्डकीलाई ३–० ले पाखा लगायो । न्यु डायमन्डले गण्डकीलाई २५–१७, २५–१६ र २५–१५ ले हराएको हो । 

ad
ad