१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २४ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असार २४ आइतबार १o:२८:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

साउदी प्रो लिगमा पुगेका स्टारहरू

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार २४ आइतबार १o:२८:oo

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोपछि करिम बेन्जेमा, रोबर्टाे फिर्मिन्हो, एनगोलो कान्टे, कालिडोउ कौलिबाली, मार्सेलो ब्रोजोभिक, रुवेन नेभ्स, जोटा र इडुआर्ड मेन्डीजस्ता खेलाडीले ९ मिलियन पाउन्डदेखि एक सय ७३ मिलियन पाउन्डसम्म पारिश्रमिक लिन्छन् 

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो गत सिजन साउदी अरेबियाको प्रो लिगमा अनुबन्धित भएका थिए । त्यससँगै खाडी मुलुक साउदीको फुटबल एकाएक विश्वचर्चित भएको छ । युरोपेली फुटबलमा राम्रो चर्चा बनाएका रोनाल्डोले विश्व फुटबलको ध्यान नै साउदीमा तानेका हुन् । रोनाल्डो अघिल्लो वर्ष के साउदी पुगेका थिए, साउदी प्रो लिग खेल्न युरोपेली फुटबलमा जमेका खेलाडीको लाइन लागेको छ । खाडी मुलुक साउदीमा खेलाडीले आश्चर्यजनक रकम पाउँदै आएका छन् । त्यसैले पनि एसियाली राष्ट्रको लिगमा युरोपेली खेलाडीको आगमन बढ्दै गएको छ । यो सिजनको सुरुआतमा झनै खेलाडी बढ्ने विश्वास गर्न सकिन्छ । पोर्चुगिज स्टार रोनाल्डोपछि करिम बेन्जेमा, रोबर्टाे फिर्मिन्हो, एनगोलो कान्टे, कालिडोउ कौलिबाली, मार्सेलो ब्रोजोभिक, रुवेन नेभ्स, जोटा र इडुआर्ड मेन्डीजस्ता खेलाडी साउदी प्रो लिगमा अनुबन्धित भइसकेका छन् । 

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग सम्बन्ध बिग्रिएपछि रोनाल्डो फिफा विश्वकप २०२२ खेल्न कतार पुगे । डिसेम्बरपछि रोनाल्डोले साउदी रोजेका हुन् । प्रशिक्षक एरिक टेन हागसँग सम्बन्ध चिसिएपछि रोनाल्डोले युनाइटेड छाडेका थिए । सबैले सोचेका थिए, ३७ वर्षीय खेलाडीलाई कुन क्लबले सर्वाधिक पैसा तिर्न सक्ला ? तर, सारा विश्वलाई अचम्मित पार्दै रोनाल्डो साउदी प्रो लिग क्लब अल नासेर पुगेका हुन् । रोनाल्डोले युरोपका स्टार खेलाडी साउदी आएर खेलेको हेर्न चाहने बताएका छन् । रोनाल्डोले साउदी लिगलाई सुधार्न युरोपका युवा तथा अनुभवी खेलाडी अनुबन्धित हुनुपर्ने तर्क गरेका छन् । ‘युरोपका ठूला तथा युवा खेलाडी साउदी आउँछन् भने उनीहरूलाई स्वागत छ,’ रोनाल्डोले भनेका छन् । ‘यदि उनीहरू यहाँ आएमा यो लिग धेरै सुधार हुनेछ ।’ साउदी लिगमा अहिले युरोपबाट आएका खेलाडीले कम्तीमा ९ मिलियन पाउन्डदेखि एक सय ७३ मिलियन पाउन्डसम्म पारिश्रमिक लिँदै आएका छन् । सर्वाधिक पारिश्रमिक लिनेमा रोनाल्डो छन् । त्यसपछि बेन्जेमा र कान्टे हुन् । खेलाडी मात्रै हैन, प्रशिक्षकलाई पनि साउदीको पैसाले तानेको छ । इंग्लिस क्लब लिभरपुलका पूर्वखेलाडी स्टेभन जेरार्ड साउदीको अल इत्तिफादमा अनुबन्धित भएका छन् । ब्राजिलियन खेलाडी नेयमार, मोरक्कोका स्टार हाकिम जियच, पोर्चुगिच अर्का स्टार बर्नान्डो सिल्भा पनि साउदी पुग्ने हल्ला प्रशस्त छ । 

क्रिस्टियानो रोनाल्डो 
क्लब : अल नासेर
रकम : १७३ मिलियन पाउन्ड

विश्वको सर्वाधिक पारिश्रमिक लिने फुटबल खेलाडीमा अहिले पोर्चुगलका सुपरस्टार रोनाल्डो पर्छन् । रोनाल्डोले गत वर्ष यो कीर्तिमान बनाउँदै साउदी पुगेका हुन् । साउदीमा ठूलो रकम लिने परम्परा रोनाल्डोले नै बसाले । रोनाल्डोपछि युरोपका अधिकांश खेलाडीको ध्यान साउदी लिगले तानेको छ । रोनाल्डोले अल नासेरबाट एक सय ७३ मिलियन पाउन्ड पारिश्रमिक पाउँदै आएको बताइन्छ । यसै सिजन साउदी आएका बेन्जेमाको रोनाल्डोभन्दा एक मिलियन पाउन्ड मात्रै कम पारिश्रमिक छ । ३७ वर्षीय रोनाल्डोले पाँचपटक बालोन डिओर उपाधि जितेका छन् ।

एनगोलो कान्टे
क्लब : अल इतिहाद
रकम : ८६.२ मिलियन पाउन्ड

इंग्लिस क्लब चेल्सी तथा फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडी एनगोलो कान्टेलाई पनि साउदी प्रो लिग क्लब अल इतिहादले तानेको छ । कान्टे आगामी तीन वर्षका लागि ८६.२ मिलियन पाउन्डमा एसियाली राष्ट्र आइपुगेका हुन् । उनले चेल्सीमा सात वर्ष बिताउँदा एक सय ९० खेल खेलेका छन्, जसमा ११ गोल छ । त्यसअघि लेस्टर सिटीमा थिए । फ्रान्सबाट कान्टेले ५३ खेल खेलेका छन् । साउदी लिगमा कान्टे सर्वाधिक पारिश्रमिक पाउने तेस्रा खेलाडी हुन् । कान्टे, जोटा र बेन्जिमाले आगामी लिग एकै क्लबबाट खेल्ने पक्का भइसकेको छ । बक्स टु बक्स मिडफिल्डर कान्टेलाई रोक्नु विपक्षीका लागि सधैँ टाउको दुखाइको विषय बन्छ । 

करिम बेन्जेमा
क्लब : अल इतिहाद
रकम : १७२ मिलियन पाउन्ड

एनगोलो कान्टेसँगै साउदी पुग्ने अर्काे खेलाडी फ्रान्सका अन्तर्राष्ट्रिय स्ट्राइकर करिम बेन्जेमा हुन् । साबिक बालोन डिओर विजेता बेन्जेमा स्पेनिस महारथि रियल म्याड्रिडसँग सम्झौता सकिएसँगै प्रो लिग विजेता अल इतिहादमा पुगेका छन् । क्लबले युरोपमा तहल्का मच्चाइरहेका बेन्जेमाको लागि १७२ मिलियन खर्च गरेको छ । जुन बेन्जेमाका पूर्वसहकर्मी रोनाल्डोको भन्दा एक मिलियन पाउन्डले कम हो । ३५ वर्षीय विश्वविजेता बेन्जेमा र अल इत्तिहादबीच तीन वर्षका लागि सम्झौता भएको छ । ३५ वर्षमा अधिकांश खेलाडी सन्न्यासको संघारमा पुग्दा बेन्जेमा भने एसियामा तहल्का मच्चाउन चाहन्छन् । 

कालिडोउ कौलिबाली
क्लब : अल हिलाल
रकम : ३० मिलियन पाउन्ड

अल हिलालले युरोपमा उत्कृष्ट प्रदर्शन गरिरहेका कालिडोउ कौलिबालीलाई ३० मिलियन पाउन्डमा खरिद गरेको छ । क्लबले यस सिजन खर्च गरेको यो सर्वाधिक ठूलो रकम हो । यसअघि उनी इंग्लिस क्लब चेल्सीमा १२ महिना मात्र रहे । त्यसअघि इटालियन क्लब नापोलीमा आठ वर्ष बिताएका कौलिबालीलाई ३४ मिलियन पाउन्डमा लन्डन क्लबले अनुबन्ध गरेको हो । उनले नापोलीबाट २३६ खेल खेलेका छन् । २३ खेल खेलेका कौलिबालीले चेल्सीको खराब लयपछि क्लब छाड्ने निर्णय लिएका थिए । रक्षक कौलिबालीले प्रत्येक वर्ष ३० मिलियन पाउन्ड पाउनेछन् । सेनेगलका कप्तान तथा सेन्ट्रल ब्याक कौलिबालीले छाडेपछि चेल्सीले १४ मिलियन पाउन्ड गुमाएको छ । 

रोबर्टाे फिर्मिनो
क्लब : अल अहली
रकम : १७ मिलियन पाउन्ड

युरोपको लिगबाट अप्रत्याशित बिदाइ लिने खेलाडी रोबर्टाे फिर्मिनो हुन् । इंग्लिस क्लब लिभरपुलबाट फिर्मिनो यसै सिजनका लागि अल अहली पुगेका छन् । ३१ वर्षीय खेलाडी अझै युरोपका ठूला लिगमा आफूलाई प्रमाणित गर्न सक्छन् । तर, साउदी लिगको ठूलो प्रस्तावले फिर्मिनो युरोपमा टिक्न सकेनन् । आठ वर्ष एनफिल्डमा रहँदा ब्राजिलियन अट्याकिङ मिडफिल्डर फिर्मिनोले दुई सय ५६ खेलमा ८२ गोल गरेका छन् । फिर्मिनो र अल अहलीबीच तीन वर्षको सम्झौता भएको छ । 

मार्सेलो ब्रोजोभिक
रकम : अल नासेर
रकम : २१ मिलियन पाउन्ड

इटालियन क्लब इन्टर मिलानका ३० वर्षीय डिफेन्सिभ मिडफिल्डर मार्सेलो ब्रोजोभिक स्पेनिस महारथी बार्सिलोना जाने तयारीमा थिए । क्रोएसियाका खेलाडी ब्रोजोभिकलाई साउदी प्रो लिगबाट ठूलो अवसर आयो । प्रत्येक वर्ष २० मिलियन पाउन्ड प्राप्त गर्ने भएपछि प्रस्तावअनुसार अल नासेरमा अनुबन्ध हुने पक्का गरे । रिपोर्टको अनुसार १५ मिलियन पाउन्डमा सम्झौता भए पनि कमाइ २१ मिलियन पाउन्ड हुने भएको छ । अब ब्रोजोभिकले सुपरस्टार रोनाल्डोसँगै आगामी वर्ष अल नासेरमा बिताउनेछन् । इन्टर मिलानमा आठ वर्ष बिताउँदा ब्रोजोभिकले दुई सय ६१ खेलमा २५ गोल गरेका थिए । 

रुवेन नेभ्स
क्लब : अल हिलाल
रकम : १५.६ मिलियन

पोर्चुगिज स्टार रुवेन नेभ्स पनि साउदी प्रो लिग क्लब अल हिलालमा पुगेका छन् । २६ वर्षीय मिडफिल्डर नेभ्स इंग्लिस प्रिमियर लिग क्लब उल्भ्स छाड्दै साउदी पुगेका हुन् । युवा खेलाडीको साउदी आगमनले खाडी मुलुकमा उत्साह थपिएको छ । अर्काेतर्फ, प्रिमियर लिग छाडेर साउदी पुग्ने निर्णयलाई अप्रत्याशित मानेको छ । नेभ्सलाई भित्र्याउन अल हिलालले उल्भ्सलाई ४७ मिलियन पाउन्ड तिरेको छ ।