१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

हिसान र प्याब्सनले भक्तपुरका विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:४४:oo

निजी विद्यालय अर्गनाइजेसन (प्याब्सन) एवं हिसानले भक्तपुरका विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेको छ । प्याब्सनमा आबद्ध भक्तपुर जिल्लाका विद्यालयबाट एसइई उत्तीर्ण गरी जिल्लाभित्रकै हिसान आबद्ध स्कुल एवं कलेजमा ११ कक्षामा भर्ना हुनेलाई ५० प्रतिशत छात्रवृत्ति दिने र विद्यार्थीको ग्रेड सिट हेरेर अझै थप गर्ने घोषणा गरिएको हो । 

प्याब्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठ र हिसान भक्तपुर जिल्ला अध्यक्ष अनिल कसपालबीच हालै आयोजित कार्यक्रममा विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने विषयको समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । चारबुँदे सम्झौतामा प्याब्सन सदस्य विद्यालयका प्रिन्सिपलको सिफारिस, विद्यार्थीको प्राप्त ग्रेड, प्रवेश परीक्षाको नतिजाका आधारमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई हिसान सदस्य विद्यालय एवं कलेजले आवश्यक थप छुट सहुलियत प्रदान गर्ने उल्लेख छ । 

यस्तै, प्याब्सन र हिसान दुवै संस्थाले अध्ययनरत विद्यार्थीको व्यक्तित्व विकास, अध्यापन शिक्षकको सीप अभिवृद्धि तथा समग्र शैक्षिक गुणस्तर अभिवृद्धि हुने शैक्षिक कार्यक्रम सञ्चालन गर्दै जाने सम्झौता भएको छ । भक्तपुरका विद्यार्थीलाई भक्तपुरमै ११ र १२ कक्षा पढ्ने वातावरण निर्माण गर्न तथा उच्च शिक्षा अध्ययनका लागि संयुक्त रूपमा कार्यक्रम गर्दै जाने गरी सम्झौता भएको छ । 

ad
ad