१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
संजित परियार काठमाडाैं
२o८१ जेठ २ बुधबार o८:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

डिजाइनमा समस्या देखिएपछि रोकियो ग्वार्को फ्लाई ओभर निर्माण

Read Time : > 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:३६:oo

सुस्त काम र पटक–पटक निर्माण अवरुद्ध हुँदा सर्वसाधारण मारमा 

निकै उत्साहका साथ पाँच महिनाअघिदेखि नै सुरु भएको ग्वार्को चोकको फ्लाई ओभर निर्माणसम्बन्धी काम रोकिएको छ । मुख्य लेन नै बन्द गरेर दुई वर्षभित्र निर्माण सक्ने भनिए पनि डिजाइनमा समस्या देखिएपछि तत्कालका लागि रोकिएको छ । 

अब फेरि काम कहिले सुरु हुन्छ, कुनै टुंगो छैन । चक्रपथको निकै व्यस्तमध्येको ग्वार्को चोक त्यसमाथि मुख्य लेन बन्द हुँदा हरेक दिन सवारीसाधनको चर्को जाम हुने गरेको छ । सुस्त काम र पटक–पटक निर्माणमा अवरोध आउँदा सर्वसाधारण मारमा पर्ने गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार डिजाइनमा आएको समस्याका कारण अहिले काम रोकिएको हो । उनले भने, ‘यस विषयमा अध्ययन भइरहेको छ । साथै स्वाइल वेरिङ क्यापासिटी टेस्ट हुँदै छ ।’ करिब पाँच महिना काम भइसकेपछि फाउन्डेसनको माटोको प्रकृति र डिजाइनमा फरक भएकाले प्राविधिक टोलीले अध्ययन गर्दै गरेको र केही दिनमै डिजाइनबारे निर्माण गरी काम सुरु हुने उनले बताए । 

दैनिक लाखौँ मानिसले प्रयोग गर्ने यो सडकखण्डमा ‘पिक आवर’मा ग्वार्को चोकदेखि बिएन्डबी हस्पिटल र बालकुमारी पुलसम्म सवारीको जाम पुग्ने गरेको छ । ‘रिङ रोड’बाहिर ग्वार्कोदेखि बाहुनधारासम्म र रिंगरोडभित्र पाटनको गाःबहालसम्म जाम पुग्ने गर्छ ।

‘फ्लाई ओभर’ निर्माण माघबाट सुरु हुने भनिए पनि डिजाइन स्वीकृतमा ढिलाइ हुँदा एक महिना पछि सरेको थियो । निर्माण कम्पनीले पेस गरेको डिजाइन केही ‘करेक्सन’ गरेर सडक विभागले माघमा स्वीकृत दिएको थियो । 

अघिल्लो सातासम्म पनि यहाँ पाइलिङको काम गर्न पिच कटिङ र ड्रिलिङ भइरहेको थियो । पाइलिङका लागि ३४ मिटर तलसम्म पिलरको लागि आठ स्थानमा ‘प्यारलल ड्रिलिङ’ गरेर पिलर तयार गर्ने योजना थियो । निर्माणको जिम्मा आरसी, समानान्तर र रेलिग्रेले फ्लाई ओभरले पाएको छ । बिएन्डबी अस्पतालबाट बालकुमारीसम्म र्‍याम उठाएर फ्लाई ओभर निर्माण गर्ने योजना छ । एमएसी वाल प्रयोग गरी ६ मिटरको पिल्लर राखेर फ्लाई ओभर तयार गर्ने योजना थियो ।

फ्लाई ओभरको लम्बाइ चार सय ९० मिटर हुनेछ भने इपिसी मोडेलमा ठेक्का लगाएको हो । फ्लाई ओभर बालकुमारीतर्फबाट दुई सय ८० मिटर लामो र्‍याम र सातोबाटोतर्फबाट एक सय ७५ मिटर लम्बाइको र्‍याम निर्माण गरिनेछ । डिजाइनदेखि निर्माण र सञ्चालन सबै उत्तरदायित्व निर्माण कम्पनीकै हुनेछ । रिङरोडमा रहेको आठ लेनमध्ये चार लेनलाई उठाएर फ्लाई ओभर निर्माण गरिनेछ । फ्लाई ओभरको कुल लागत १७ करोड ६८ लाख रुपैयाँ हुनेछ ।

ad
ad