१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २२ शुक्रबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार २२ शुक्रबार १९:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

दुई लाख घुससहित लेखा अधिकृत रंगेहात पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २२ शुक्रबार १९:४१:oo

दुई लाख रुपैयाँ घुससहित लेखा अधिकृत रंगेहात पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय मोरङबाट खटिएको टोलीले शुक्रबार सुन्दरहरैँचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई घुससहित पक्राउ गरेको हो ।

नगरपालिका तथा वडा कार्यालयहरूमा भएको मर्मतसम्भार कार्यको भुक्तानी दिने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ । 

अख्तियार टोलीले उनलाई घुस लिइसकेको अवस्थामा कार्यालयपरिसरबाटै पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

ad
ad
ad
ad