१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २२ शुक्रबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असार २२ शुक्रबार ११:२२:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार २२ शुक्रबार ११:२२:oo

हप्ताको एक दिन मुड फ्रेसका लागि घुम्ने योजनामा हुनुहुन्छ भने थाहा नगरपालिकाअन्तर्गतको चित्लाङ उपयुक्त गन्तव्य बन्न सक्छ । यतिवेला चित्लाङको वातावरण निकै सुन्दर छ । छिनमै वर्षात् हुन्छ र छिनमै घाम लागेर आकाश खुल्छ, चारैतिर हरियाली देख्न सकिन्छ । काठमाडौंको दाँजोमा यहाँ केही शीतल हुने भएकाले पनि गर्मी र मनसुनमा पर्यटकहरूको रोजाइमा यो ठाउँ पर्ने गरेको छ ।

काठमाडौंबाट जाने प्रायः पर्यटक एक रात यहाँ वास बसेर फर्कने गरेका छन् । खासै टाढा नभएको कतिपय पर्यटकहरू दिउँसो घुमेर बेलुकी फर्कन्छन् । यहाँ काठमाडौंबाट फर्पिङ हुँदै ५७ किलोमिटर यात्रा गरेर पुग्न सकिन्छ । चन्द्रागिरिबाट २५–२६ किलोमिटरमा पुगिन्छ । कतिपय मानिस हाइकिङ गर्दै चन्द्रागिरि हुँदै चित्लाङ झर्ने पनि गर्छन् । 

स्थानीयले गर्ने आतिथ्य सत्कारले पर्यटकहरूको मन लोभ्याउँछ । यहाँ होमस्टे व्यवसायीहरूले आफ्नै करेसामा फलाएका अर्गानिक सागसब्जी र तरकारीहरू पाहुनालाई सर्भ गर्ने गरेका छन् । यहाँ छन्त्याल तथा नेवार समुदायको संस्कृतिलाई नजिकबाट नियाल्न सकिन्छ । 

चित्लाङमा भेडा फार्म, बाख्रा फार्म पनि घुम्न पाइन्छ । हरियाली र मनोरम दृश्यहरू देख्न पाइन्छ । चित्लाङआसपास रहेका इन्द्रसरोवर ताल (कुलेखानी) र मोहिनी झरनाले पनि पर्यटकलाई लोभ्याउँछ । फर्पिङ हुँदै जाँदा बाटोमै कुलेखानी पर्छ । कुलेखानीको माछा निकै चर्चित छ । चित्लाङमा बाख्राको चिज पनि खान पाइन्छ । बाख्राको दूधबाट चिज उत्पादन गर्ने चित्लाङ नेपालकै पहिलो ठाउँ हो ।