मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २२ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असार २२ शुक्रबार ११:१६:oo
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार २२ शुक्रबार ११:१६:oo

भित्तामा सुन्दर रङ : तपाईंले सही रङ छनोट गर्नुभयो भने तपाईंको सानो घर पनि आकर्षक र चिटिक्क देखिन्छ । कोठाहरू पनि फराकिला देखिन्छन् । वालपेपर पनि टाँस्न सकिन्छ । अहिले बजारमा कम मूल्यमै विभिन्न डिजाइन र रङका वालपेपरहरू पाइन्छन् । 

पुरानो फर्निचर : यदि तपाईंको घरमा प्रयोग भएका फर्निचर पुरानो भएको महसुस भयो भने त्यसलाई फ्याँक्ने काम नगर्नुहोस् । सोफाको कपडा परिवर्तन गर्न सकिन्छ । पुरानो कुर्सीलाई रङ लगाएर नयाँ देखाउन सकिन्छ । 

बेडरुममा र्‍याक : तपाईंको सुत्ने कोठा सानो छ भने ठाउँअनुसार भित्तामा सानो र्‍याक राख्न सक्नुहुन्छ । तपाईंले यसमा पुस्तक, मेकअपका सामानलगायतका महत्वपूर्ण सामग्री राख्न सक्नुहुन्छ । 

फेन्सी लाइट : बजारमा विभिन्न किसिमका बत्ती पाइन्छन् । घरको बैठककोठा र बेडरुममा स्ट्रिङ लाइट प्रयोग गर्न सक्नुहुन्छ । भित्तामा राख्नका लागि कम बजेटमा फेन्सी लाइटहरू किन्न सक्नुहुन्छ । 

पुराना बक्स : घरमा रहेका पुराना ठूला बक्स वा कार्टुनलाई रङ लगाएर पुनः प्रयोग गर्न सकिन्छ । त्यसमाथि राम्रो कपडा वा तन्नाले राम्रो डिजाइन गरेर टेबलको रूपमा प्रयोग गर्न सकिन्छ । त्यसमा केही फूलदानी राख्दा कोठाको सौन्दर्य अझ बढ्छ ।  

बैठक कोठामा यस्ता फर्निचर
घरको पब्लिक एरिया भएकाले बैठक कोठालाई सबैले आकर्षक बनाउन चाहन्छन् । पाहुनाहरू आउँदा पनि प्रायः बैठक कोठामै राख्ने गरिन्छ । यस कोठाको सजावटमा फर्निचरले मुख्य भूमिका खेल्छ । 

बैठक कोठामा प्रायः सबैले टिभी राख्ने भएकाले टिभी युनिटको प्रयोग गर्न सकिन्छ । टिभी युनिटसँगै जोडेर सोकेस राख्नुभयो भने राम्रो हुन्छ । सोकेशसमा तपाईंले पाउनुभएका ट्रफी, मेडल, प्रमाणपत्र तथा तपाईंका फोटो एल्बमहरू सजाउन सकिन्छ । कम बजेटमै पनि बजारमा राम्रा सोकेस पाइन्छन् । 

भेटघाट धेरै हुने कोठा भएकाले सोफा राख्दा सहज पनि हुन्छ । टेबुल वा कुर्सी पनि राख्न सकिन्छ । चिया खान वा केही म्यागेजिनहरू राख्नका लागि पनि टेबुल उपयुक्त हुन्छ ।