१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २१ बिहीबार
  • Wednesday, 03 July, 2024
तिवारी यादव वीरगन्ज
२o८o असार २१ बिहीबार १३:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

पर्सामा रोकिएन संस्थागत तस्करी, २० लाखको अवैध लत्ताकपडा बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार २१ बिहीबार १३:१o:oo

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको सादा पोसाकको टोलीले वीरगन्ज भन्सार कार्यालय पछाडिबाट अवैध रूपमा भित्रिएको लत्ताकपडा बरामद गरेको छ।

प्रहरी टोलीको उक्त विशेष सुराकीको आधारमा बुधबार बिहान २ बजे अवैध २० लाखबराबरको लत्ताकपडा बरामद गरेको हो। प्रहरीका अनुसार अवैध रूपमा भन्सार छलेर भित्रिएको लत्ताकपडा १८ पोकामा तयार पारेर ट्रान्सपोर्टमा पठाउने तयारी गरिएको थियो।

पछिल्लो समय पर्साका विभिन्न क्षेत्रबाट अवैध रूपमा तस्करी भइरहेको सूचनाको आधारमा मधेस प्रदेश प्रहरीले सादा पोसाकमा प्रहरी परिचालन गरेको प्रहरी स्रोतले जनाएको छ।

अवैध रूपमा भन्सार छलेर भित्रिएको लत्ताकपडा जिल्ला प्रहरी कार्यालय पर्साले रोक्न नसकेपछि प्रदेश प्रहरी परिचालन गरिएको थियो। यता पर्साका प्रहरी उपरीक्षक कोमल साहले अवैध रूपमा भन्सार छलेर वीरगन्ज प्रवेश गर्न लागेको लत्ताकपडा बरामद गरेको पुष्टि गरे। 

ad
ad
ad
ad