मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २० बुधबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार २० बुधबार ११:४७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चिकित्सकलाई प्रभु क्यापिटलको तालिम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २० बुधबार ११:४७:oo

 प्रभु क्यापिटल लिमिटेडले मेडिकल चिकित्सकलाई सेयर बजारमा लगानीसम्बन्धी तालिम दिएको छ । क्यापिटलले ललितपुरमा एकदिने तालिम कार्यक्रम आयोजना गरेको हो । 

चिकित्सा पेसामा व्यस्तताका कारण अन्य क्षेत्रमा चासो दिन नभ्याएका चिकित्सकलाई पनि सेयर बजारमा लगानी गरी अधिकतम लाभ पाउन सकिनेबारे जानकारी दिने उद्देश्यले ‘डक्टर्स मिट : एक्सप्लोरिङ फाइनान्सियल मार्केट’ नामक उक्त कार्यक्रमको आयोजना गरिएको क्यापिटले जनाएको छ । तालिम प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले प्रदान गरेको जनाइएको छ ।

कार्यक्रममा ३० जनाभन्दा बढी चिकित्सकको सहभागिता रहेको क्यापिटलले जनाएको छ । व्यस्त समय तथा सेयर बजारसम्बन्धी पर्याप्त ज्ञान नभएको अवस्थामा प्रभु क्यापिटलको सेयर बजार सचेतना तथा लगानीका विभिन्न विकल्पहरूको विषयमा भएको यो कार्यक्रम निकै प्रभावकारी भएको चिकित्सकले बताए । 

सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले सेयर बजारसँग सम्बन्धित विविध वर्कसप तथा तालिम कार्यक्रमहरू समय–समयमा सञ्चालन गर्दै आइरहेको जनाएको छ ।