१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २० बुधबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असार २० बुधबार १o:२९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जलविद्युतमा १० वर्षभित्र ५० खर्ब लगानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार २० बुधबार १o:२९:oo

विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले आगामी १० वर्षभित्र ऊर्जा क्षेत्रमा ५० खर्ब लगानी पुग्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नवनिर्वाचित कार्यसमितिलाई आयोगमा स्वागत गर्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन् । हालसम्म ऊर्जा क्षेत्रमा १२ खर्ब रुपैयाँ लगानी पुगेको छ । तर, आगामी १० वर्षभित्र यो क्षेत्रमा ५० खर्ब रुपैयाँ लगानी पुग्ने उनको भनाइ छ । इप्पानले राखेका सबै माग पूरा गर्न आयोग दत्तचित्त भएर लाग्ने पनि उनको भनाइ छ । 

अबका दिनमा उत्पादन मात्र गरेर नहुने भन्दै सिंहले भने, ‘सस्तो र भरपर्दाे ऊर्जा उत्पादन अहिलेको आवश्यकता हो । विदेशमा रहेका पेन्सन फन्डको पैसा ल्याएर सस्तो बिजुली उत्पादन गर्न सकिन्छ । सस्तो बिजुली नै भारत वा बंगलादेश जहाँ निर्यात गरे पनि प्रतिस्पर्धा गर्न सक्छ । त्यसमा काम गर्नुहोस् ।’

इप्पान अध्यक्ष गणेश कार्कीले सेयरको लकिङ पिरियडको विषयमा आयोगले स्पष्ट पारिदिनुपर्ने बताए । उनले भने, ‘धितोपत्र बोर्ड, ऊर्जा मन्त्रालय वा आयोग कुन निकाय आधिकारिक हो भन्नेमै द्विविधा छ । तसर्थ, आयोगले यो विषय स्पष्ट पारिदिनुपर्छ ।’

उनले ऊर्जा क्षेत्रका लागि विद्युत् नियमन आयोग अन्तिम नियामक निकाय हुनुपर्ने बताए । नभए ऊर्जा क्षेत्रमा धेरै विकृति आउने पनि उनको भनाइ थियो । इप्पानका उपाध्यक्ष भरतबहादुर खत्रीले २५ मेगावाटसम्मका आयोजनाको हाइड्रोलोजी पेनाल्टी खारेज गर्नुपर्ने बताए । ३० वर्षपछि जलविद्युत् आयोजना नेपाल सरकारको हुने व्यवस्था छ ।