Skip This
टेस्ट राष्ट्र आयरल्यान्डविरुद्ध सम्हालिएर खेल्दै कुशल र अर्जुन 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १९ मंगलबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार १९ मंगलबार १३:२३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

टेस्ट राष्ट्र आयरल्यान्डविरुद्ध सम्हालिएर खेल्दै कुशल र अर्जुन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार १९ मंगलबार १३:२३:oo

आइसिसी विश्वकप ग्लोबल छनोटअन्तर्गत सातौँ स्थानका लागि नेपाल र आयरल्यान्ड मैदानमा छन्।

जिम्बावेको हरारेमा जारी म्याचमा नेपाल तेस्रोपटक टेस्ट राष्ट्रसँग प्रतिस्पर्धा गर्दैछ। जारी सम्पूर्ण म्याचहरू हेर्दा जिम्बावेको पिचले सिमरहरुलाई फेवर गरिरहेको छ। आयरल्यान्डका अग्ला सिमरहरु नेपाली ब्याट्सम्यानका लागि सबैभन्दा घातक सावित हुने सम्भावना छ।

यसको संकेत पनि मिलिसकेको छ। जारी प्रतियोगितामा सर्ट बल खेल्न नसक्दा जिम्बावे, वेस्टइन्डिज र नेदरल्यान्ड्ससँग नेपाली इनिङ धर्मराएको थियो। नेपाली ब्याटरको त्यही कमजोरीलाई बुझेर आयरल्यान्डले सुरुदेखि नै सिमरहरुलाई अट्याकमा लगाएको छ। 

बेरी म्याककर्थी र मार्क एड्यरले कसिलो र प्रभावकारी बलिङ गरिरहेका छन्। उनीहरुले लगातारजसो नेपाली ब्याटरलाई बिट गरिरहेका छन्। 

नेपालले भने आज सम्हालिएर पूरै ५० ओभर खेल्ने रणनीति बनाएको छ । सोही रणनीतिअनुसार ओपनर कुशल भुर्तेल र अर्जुन साउद क्रिजमा सम्हालिएर खेलिरहेका छन्। 

आठ ओभरको खेल सकिँदा नेपालले कुनै विकेट नगुमाई २६ रन बनाएको छ। १८ बल खेलेका कुशलले ८ तथा ३० बल खेलेका अर्जुनले १५ रन बनाएका छन्।