मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १८ सोमबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार १८ सोमबार o८:४९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पहिलोपटक रेलबाट डस्टी कार्गो भित्रियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार १८ सोमबार o८:४९:oo

वीरगन्ज सुक्खा बन्दरगाहमा आइतबार पहिलोपटक डस्टी कार्गो ह्यान्डलिङ भएको छ । गोदावरी कमोडिटिजको ३६ सय टन कोइला लिएर आएको भारतीय रेल वीरगन्ज सुक्खा बन्दरगाहमा आएको हो ।

२४ पुस ०७९ देखि नै डस्टी कार्गो नेपाल आउन सुरु गरेको भए पनि यसअघि भारतको रक्सौलसम्म रेलमा र त्यहाँबाट ट्रकमार्फत वीरगन्ज एकीकृत जाँचचौकी (आइसिपी)बाट मात्र डस्टी कार्गो आउने गरेको थियो । यसअघि वीरगन्ज सुक्खा बन्दरगाहमा आवश्यक भौतिक पूर्वाधार नहुँदा डस्टी कार्गो भारतको रक्सौलमा झारेर त्यहाँबाट ट्रकमा नेपाल ल्याउनुपर्ने बाध्यता थियो । 

हाल वीरगन्ज सुक्खा बन्दरगाहमा मानव स्वास्थ्यमा असर नपर्ने गरी ६ नं रेलवे ट्र्याकमा डस्टी कार्गो व्यवस्थापनका लागि आवश्यक भौतिक पूर्वाधार (डस्टी कार्गो झार्ने–राख्ने ठाउँ)को व्यवस्था तयार गरिएको छ । यससँगै डस्टी कार्गो भारतको रक्सौलमा झारेर त्यहाँबाट ट्रकमा नेपाल ल्याउनुपर्ने बाध्यता हटेको छ ।