मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १७ आइतबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असार १७ आइतबार ११:५५:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कसले गर्नुहुँदैन व्यायाम ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार १७ आइतबार ११:५५:oo

सन्तुलित जीवनशैली स्वस्थ्य जीवनको प्रमुख आधार हो । शरीर स्वस्थ राख्न नियमित कसरत वा व्यायाम गर्नुपर्ने हुन्छ । व्यायामले शरीरका सबै अंगलाई मजबुत बनाउँदै रोगसँग लड्न शक्ति प्रदान गर्दछ । यद्यपि, व्यायाम गर्नुअघि एकपटक चिकित्सकसँग परामर्श गर्नु राम्रो हुन्छ । त्यसपछि फिटनेस कोचसँग सल्लाह गरेर आफ्नो शरीरअनुसार व्यायामको रुटिन, डाइट प्लान तथा व्यायामको विधि चयन गर्नुपर्छ । यसले गर्दा दीर्घ समयसम्म आफू स्वस्थ हुन सकिन्छ ।

कसले गर्नुहुँदैन ?
- मुटुरोगी र उच्च रक्तचाप भएकाहरू । 
- मधुमहका रोगी । 
- भखरै सर्जरी तथा चोटमुक्त हुँदै गरेका व्यक्ति ।
- गर्भवती महिला ।

नियमित व्यायामका फाइदा 
स्वस्थ्य मानिसले नियमित व्यायाम गर्दा हुन्छ । व्यायाम गर्दा मुटु स्वस्थ्य राख्न मद्दत मिल्छ, चिन्ताबाट मुक्त राख्छ । तौल नियन्त्रणमा रहन्छ । मधुमेह, कोलेस्ट्रोल, क्यान्सर हुने खतरा कम गराउँछ । उच्च रक्तचाप नियन्त्रण हुन्छ, निद्रा मज्जाले लाग्छ , मांसपेशी तथा हड्डी बलियो हुन्छ, स्मरणशक्ति बढ्छ । 

सन्तुलित भोजन 
- धेरैलाई शारीरिक व्यायामले मात्र स्वस्थ भइन्छ भन्ने भ्रम छ । तर, हामीले व्यायाम गरेपछि सोहीअनुसार खानामा ध्यान दिनुपर्ने हुन्छ । व्यायामका साथसाथै आवश्यक पोषणको मात्रा मिलाए मात्रै फाइदा हुन्छ । 

- पोषणको राम्रो स्रोतमा अन्डा, माछा, मासु, केरा, दूध, ओटमिल, सलाद पर्दछन् । यसका साथै हामीले प्रोटिन सप्लिमेन्टको प्रयोग गर्न सकिन्छ । प्रोटिन सप्लिमेन्टको प्रयोग गर्नुअगाडि फिटनेसविज्ञ तथा त्यससँग सम्बन्धित ज्ञान भएका व्यक्तिसँग परामर्श लिएर मात्र प्रयोग गर्नुपर्छ । 

- व्यायाम सकिएको १० मिनेटपछि २०–२५ ग्राम प्रोटिन र ३० देखि ३५ ग्राम कार्बाेहाइड्रेट ग्रहण गर्नुपर्छ । व्यायाम र खाना खाने समयको अन्तर ४५ मिनेटदेखि १ घन्टाभन्दा बढी हुनुहुँदैन ।