१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o५:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

२८ घन्टापछि खुल्यो मुग्लिन–नारायणगढ सडक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o५:५८:oo

जोखिम अझै कायमै

पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक २८ घन्टापछि सञ्चालनमा आएको छ ।  चितवनको इच्छाकामना गाउँपालिका– ५ को ३ नम्बर पुलनजिक पहिरो खस्दा बिहीबार दिउँसो १ बजेर २० मिनेटमा अवरुद्ध सडक शुक्रबार साँझ साढे ५ बजे मात्र सञ्चालनमा आएको हो ।

सडक अवरुद्ध हुँदा काठमाडौं भित्रिने र काठमाडौंबाट बाहिरिने सवारीसाधन बीच बाटोमै रोकिँदा यात्रु अलपत्र परेका थिए । पहिरोका कारण १० हजारभन्दा धेरै यातायातका साधन रोकिएको र सुरु भएसँगै गन्तव्यतिर लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले बताए ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि वर्षा भइरहेकाले फेरि पहिरो खस्ने भय रहेको उनले बताए ।  

तस्बिर सौजन्य : भरतपुर सडक डिभिजन कार्यालय

ad
ad