१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १२:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सत्ता जाेगाउन अन्तिम समयमा संसद् छलेका कार्कीले पाउलान् विश्वासकाे मत ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:४८:oo

कोसी प्रदेश सभाको बैठकमा आज मुख्यमन्त्रीको प्रस्तावमाथि मत विभाजन हुँदै छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार विश्वासको मत मागेका थिए। उनले विश्वासको मत लिने प्रस्ताव पेस गरे पनि संसद्को विश्वास नपाउने स्थिति बनेपछि उनले समय मागेपछि बिहीबारको प्रदेश सभा बैठक आजलाई सारिएको थियो। 

सभामुख बाबुराम गौतमले आज ११ बजेका लागि बैठक बोलाएको छन्। ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक छ।

एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसद मुख्यमन्त्री कार्कीको पक्षमा र कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, एकीकृत समाजवादीका चार गरी ४६ सांसद विपक्षमा छन्। एकजना मात्र सांसद रहेको जनता समाजवादी पार्टी भने तटस्थ बस्ने निर्णय गरेको छ।

एमाले नेता कार्की गएको पुस २४ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। माओवादी र एकीकृत समाजवादी सत्ताबाट बाहिरिएसँगै कार्की अल्पमतमा परेका छन्। उनले आज विश्वासको मत नपाए नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ। 

ad
ad