१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १५ शुक्रबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असार १५ शुक्रबार ११:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार १५ शुक्रबार ११:१७:oo

हामीलाई स्वस्थ र तन्दुरुस्त राख्न खानपानको महत्वपूर्ण भूमिका हुन्छ । तर, कुन समयमा कति खाने भन्ने नै धेरैलाई थाहा छैन । स्वस्थ र फिट रहन हाम्रो भोजनमा क्यालोरी, प्रोटिन, कार्बोहाइड्रेड, चिल्लो पदार्थलगायतको मात्रा मिलेको हुनुपर्छ । 

एउटा स्वस्थ मनिसका लागि दैनिक १८ देखि २२ सयसम्म क्यालोरी ऊर्जाका लागि जरुरत पर्छ र यो ऊर्जा खानाबाट पाइन्छ । बेलुकीको दाँजोमा हामीले बिहानको नास्ता र खानामा धेरै परिकार समावेश गर्नुपर्छ, जसले दिउँसोभर ऊर्जा दिन सक्ने क्यालोरी प्राप्त होस् । 

बेलुका शारीरिक कसरत न्यून हुने हुँदा एकदम कम क्यालोरी हुने सादा खाना खाँदा उत्तम मानिन्छ । तसर्थ, एक स्वस्थ र जवान मानिसले बिहानदेखि बेलुकासम्म खाने खानाका चार चरणमध्ये प्रथम चरणमा ७ सय क्यालोरी, दोस्रो चरणमा ६ सय, तेस्रो चरणमा ४ सय र अन्तिम चरण अर्थात् बेलुकाको डिनरमा ३ सय क्यालोरी मात्र समावेश गर्दा हुन्छ । वजन र उमेरअनुसार यसमा फरक पर्न सक्छ । 

के–के खाने ?
सामान्यतया एकपटकको भोजनमा ५ देखि ७ सय ग्रामभन्दा ज्यादा क्यालोरी नलिँदा राम्रो मानिन्छ । पटक–पटक गरेर खाएको खानाले शरीरलाई सहज बनाउँछ । हामीले हरेक दिनको हरेक छाकमा अनिवार्य प्रोटिन, कार्बोहाइड्रेड र चिल्लो पदार्थ समावेश गर्नुपर्छ । यदि हामीले बिहानको खानामा दाल, भात र तरकारी खान्छौँ भने त्यसमा पूर्ण रूपमा यी तीन चिज समावेश छन् या छैनन् भन्ने याद गर्नुपर्छ ।

जस्तै, भात खाँदा कार्बोहाइड्रेड मिल्यो, दाल र तरकारी खाँदा प्रोटिन र भिटामिनसँगै चिल्लो पदार्थ पनि मिल्यो । तर, दाल बाक्लो खानुपर्‍यो र विभिन्न गेडागुडी मिसाएको हुनु जरुरी हुन्छ ।

त्यस्तै, तरकारी खाँदा पनि भात र दालको वजनबराबर ठ्याक्क आधा प्लेट हुनुपर्‍यो र साथमा केही फलफूल तथा दूधजन्य पदार्थ/अन्डा या मासु हुन जरुरी छ । बिहान जति खानुभयो, बिस्तारै अन्य खाना या खाजामा वजन घटाउँदै जान जरुरी छ । यसरी खुराकको अनुशासनमा बसेर भोजन गर्नुभयो भने तपाईं सधैँ स्वस्थ र फुर्तिलो हुनुहुन्छ । 

ad
ad
ad
ad