१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १४ बिहीबार
  • Wednesday, 23 October, 2024
फाेटाे : projectmasam.com
२o८o असार १४ बिहीबार २१:११:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

यमनका ८८० बारुदी धराप निष्क्रिय पारियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार १४ बिहीबार २१:११:oo

यमनमा रहेको बारुदी सुरुङ सफाइ परियोजनाले युद्धग्रस्त यमनमा जुनको तेस्रो हप्तामा ८८० वटा बारुदी धराप निष्क्रिय  गरेको जनाएको छ।

यमनको सरकारी समाचार एजेन्सी साबाका अनुसार साउदी प्रोजेक्ट फर ल्यान्डमाइन क्लियरेन्स (मासाम) ले सन् २०१८ मा स्थापना भएयता चार लाख पाँच हजार २१३ वटा बारुदी धराप  सफलतापूर्वक सफाइ गरिसकेको छ।

धराप हटाउन बनाइएको यमनको सरकारी टोलीहरूसँगको सहकार्यमा, परियोजनाको उद्देश्य देशमा रहेका सबै बारुदी सुरुङ र विस्फोटक उपकरणहरू हटाउन र स्थानीय समुदायहरूको लागि सुरक्षित वातावरण सिर्जना गर्नु हो।

यमनका विभिन्न युद्धरत समूहहरूले वर्षौंदेखि चलेको सैन्य द्वन्द्वमा ठूलो संख्यामा बारुदी धराप र साना विस्फोटक पदार्थ बिछ्याएका छन्।  यसले नागरिकहरूका लागि अत्यधिक जोखिम निम्त्याएको छ।

सन् २०१४ को अन्त्यतिर हुथी लडाकु समूहले उत्तरी क्षेत्रका केही प्रान्तलाई आफ्नो नियन्त्रणमा लिएर सरकारलाई राजधानी सानाबाट बाहिर निकालेपछि गृहयुद्ध सुरु भएयता १० लाखभन्दा बढी धराप बिछ्याइएको यमनी धराप तथा विस्फोटक पदार्थ नियन्त्रणसम्बन्धी विज्ञले बताएका छन्। रासस