१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका उपमहासचिव जिन पिरी लाक्रोइसको सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसँग भेट ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o८:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मालीमा शान्ति मिसन बन्द हुने : १७७ सैनिक फर्कने, सशस्त्र प्रहरीको एफपियू रोकियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:२९:oo

द्वन्द्वग्रस्त अफ्रिकी देश मालीस्थित राष्ट्रसंघीय शान्ति मिसन (मिनुस्मा) बन्द हुने भएको छ । जसबाट मालीमा कार्यरत नेपाली सुरक्षाकर्मी फर्किने भएका छन् भने माली जान लागेको सशस्त्र प्रहरीको एफपियू मिसन तत्कालका लागि स्थगित भएको छ । 

माली सरकारकै निरन्तर दबाबपछि मिनुस्मा मिसन बन्द हुन लागेको हो । राष्ट्रसंघको सुरक्षा परिषद्ले पनि मालीबाट शान्ति मिसन बन्द गर्ने निर्णय गरेको छ । मालीमा नेपाली सेनाका एक सय ७७ जना कार्यरत छन् । स्टाफ अफिसरमा सेक्सन कमान्डरसहित २१ तथा एक सय ५६ जनाको इन्जिनियरिङ टिम कार्यरत छ । अब मिसन बन्द हुने निर्णयसँगै उनीहरू फर्कने नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।

त्यस्तै, मालीमा सशस्त्र प्रहरी बलबाट फम्र्ड पुलिस युनिट (एफपियू) खटाउने निर्णय भइसकेको छ । सशस्त्र प्रहरी केही महिनादेखि तयारी अवस्थामा भए पनि अब मिसन नै बन्द भएसँगै माली मिसनमा जाने सम्भावना छैन । सो एफपियूलाई अन्य देशमा पठाउने गरी छलफल अघि बढेको सशस्त्र प्रहरीका प्रवक्ता राजेन्द्र खड्का बताउँछन् । नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका उपमहासचिव जिन पिरी लाक्रोइस र सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्यालबीचको भेटमा पनि त्यस विषयमा छलफल भएको थियो । भेटमा सशस्त्रको एफपियू छिट्टै तैनाथ हुनेमा उनले सकारात्मक जवाफ दिएको सशस्त्र प्रहरी बलले जनाएको छ । 

सुरक्षाको दृष्टिकोणले माली मिसन सबैभन्दा जोखिमपूर्ण मिसन बनेको थियो । जहाँको सेनासँग समेत राष्ट्रसंघको सम्बन्ध सुमधुर हुन सकेन । शान्ति स्थापनाका कार्यमा त्यहाँको सेना र सरकारले असहयोग गरी आफ्नो देशबाट हट्न दबाब दिँदै आएको थियो । सन् २०१३ मा उत्तरी मालीमा एक समूहले हिंसात्मक संघर्ष सुरु गरेपछि राष्ट्रसंघीय शान्ति मिसन स्थापना भएको हो । यो मिसनमा एक सय ७० भन्दा धेरै शान्ति सैनिकले ज्यान गुमाइसकेका छन् । 

ad
ad