१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १२ मंगलबार
  • Saturday, 29 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार १२ मंगलबार o९:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

सिँचाइ विभागका सिडिई शर्मालाई ६ महिना कैद 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार १२ मंगलबार o९:४८:oo

विशेष अदालतले जलस्रोत तथा सिँचाइ विभागका सिनियर डिभिजनल इन्जिनियर सुरेशकुमार शर्मालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको छ । आइतबार विशेषले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा फैसला सुनाउँदै ६ महिना सजाय सुनाएको हो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरू शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले यस्तो फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ असोज ०७७ मा दायर गरेको मुद्दामा शर्माकी श्रीमती बबिता फुँयालको नाममा रहेको जग्गा जफत गर्ने आदेशसमेत भएको विशेषले जनाएको छ । 

विशेषका अनुसार शर्मालाई ६ महिना कैदका साथै ९२ लाख ४२ हजार रुपैयाँभन्दा बिगो कायम भई उक्त रकम जरिवाना भराउन आदेश भएको छ । साथै, उनकी श्रीमती बबिताको नाममा विभिन्न स्थानमा रहेको पाँचवटा कित्ता जग्गा जफतको आदेश भएको छ ।

सिँचाइ विभाग ललितपुरमा कार्यरत शर्माले सार्वजनिक सेवामा प्रवेश गरेदेखि ०७६/७७ सम्म दुई करोड ३५ लाख ३१ हजार रुपैयाँ वैध आय गर्नुपर्नेमा तीन करोड ६ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति र खर्च गरिएको भेटिएको थियो । 

ad
ad
ad
ad