१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १२ मंगलबार
  • Friday, 05 July, 2024
२o८o असार १२ मंगलबार o७:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

तरुण गल्फ टोलीका प्रशिक्षक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार १२ मंगलबार o७:५५:oo

 १९औँ एसियाली खेलकुदका लागि तरुण सरदेसाईलाई नेपाल गल्फ संघले प्रशिक्षक नियुक्त गरेको छ । नेपाल गल्फ संघ र तरुण सरदेसाईबीच एसियन खेलका लागि सम्झौता भएको छ । सम्झौताअनुसार एसियन खेलसम्म सरदेसाई नेपाली राष्ट्रिय गल्फ टोलीको प्रशिक्षकका रूपमा रहनेछन् ।

संघका युथ डेभलपमेन्ट निर्देशक दीपक आचार्य टिमको सहायक प्रशिक्षक रहेका छन् । एसियन खेलकुद २३ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म चीनको हाङझाओमा‌ हुनेछ । नेपाली गल्फरले भारतको बेंग्लोरमा तरुण सरदेसाई गल्फ एकेडेमीमा प्रशिक्षण सुरु गरिसकेका छन् ।

प्रोफेसनल गल्फर शुक्रबहादुर राई र एमेच्योर गल्फर सुवास तामाङ, सदभाव आचार्य र युवराज भुजेलले पुरुषतर्फ एसियन खेलमा भाग लिनेछन् । महिलामा कश्मिरा शाह र सुष्मा सिग्देलले नेपालको प्रतिनिधित्व गर्नेछन् । संघले राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा गल्फरलाई विशेष प्रशिक्षणका लागि भारत पठाएको हो । 

ad
ad
ad
ad