Skip This
हलेसी तुवाचुङका ५० आमा समूहलाई एक–एक लाखका दरले बिउ पुँजी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ११ सोमबार
  • Sunday, 07 July, 2024
२o८o असार ११ सोमबार १४:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

हलेसी तुवाचुङका ५० आमा समूहलाई एक–एक लाखका दरले बिउ पुँजी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असार ११ सोमबार १४:४९:oo

हलेसी तुवाचुङ नगरपालिकाले ५० वटा आमा समूहलाई रु. एक–एक लाखका दरले बिउ पुँजी रकम प्रदान गरेको छ।

आम्दानीमूलक क्षेत्रमा लगानी गरेर नियमित बचत गरिरहेका महिलाहरूको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले नगरपालिकाले बिउ पुँजी रकम प्रदान गरेको हो। आमा समूहमा भइरहेको नियमित बचत कोषमा नगरपालिकाले उपलब्ध गराएको रु. एक लाख पनि जम्मा हुने व्यवस्था मिलाइएको नगर प्रमुख विमला राईले जानकारी दिइन्।

‘नगरपालिकाले उपलब्ध गराएको रकमबाट बाख्रा, बंगुर, कुखुरापालन, तरकारी खेतीलगायतका व्यवसाय सञ्चालन गर्नका लागि आमा समूहभित्रका महिलालाई प्राथमिकतामा राखेर सहुलियत ब्याजदरमा ऋण लगानी गर्छन्,’ उनले भनिन्, ‘आमा समूहबाट ऋण लिने व्यक्तिले नौदेखि १२ महिनाभित्र व्यवसाय सञ्चालन गरेर ऋण फिर्ता गर्नुपर्ने कार्यविधि बनाएका छौँ। आमा समूहले ऋण लगानी गर्दा बैंकको ब्याजदरभन्दा बढी ब्याज लिन पाउने छैनन्।’

नगरपालिकाले उपलब्ध गराएको बिउ पुँजी कार्यक्रम महिलाहरूका लागि घर खर्च टार्ने बलियो माध्यम बनिरहेको छ। केही वर्ष अघिदेखि नै आमा समूहलाई बिउ पुँजी रकम उपलब्ध गराउँदै आएको नगरपालिकाले यो वर्ष पनि निरन्तरता दिएको हो।

नगरपालिकाले बिउ पुँजीबापत रु. एक लाख उपलब्ध गराएपछि हलेसी तुवाचुङका आमा समूहमा आबद्ध महिला उत्साहित भएका छन्। आम्दानीको अन्य स्रोत नभएको सुक्खाग्रस्त क्षेत्रमा पर्ने उक्त नगरपालिकाले महिलालक्षित विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएको छ।

नगरपालिकाले दिएको बिउ पुँजी रकमबाट आमा समूहका महिलाले पालैपालो सहुलियत ब्याजदरमा ऋण लगेर विभिन्न व्यवसाय गरिरहेका छन् ।  आमा समूहमा आबद्ध महिलाको सुविधाका लागि नगरपालिकाले विभिन्न टोलमा कुटानी–पिसानी मिल, बाख्रा तथा सुँगुरको पाठा वितरणका साथै कपास खेती तथा ढाका उद्योगसमेत सञ्चालनमा ल्याएको छ। ढिकी तथा जाँतोमा अन्न पिस्न समय लाग्ने र शारीरिक बलको खर्च हुने भएकाले मिल वितरण गरिएको नगरपालिकाले जनाएको छ।

ढिकी तथा जाँतोमा अन्न पिस्दै आएका महिलालाई लक्षित गर्दै तीन आर्थिक वर्ष लगाएर प्रत्येक टोलमा धान, मकै, गहुँ, कोदो पिस्ने कुटानी–पिसानी मिल वितरण गरिएको नगर प्रमुख राईले बताइन्। एउटा विद्युतीय कुटानी–पिसानी मिलले टोलका १५–२० घर स्थानीय बासिन्दा लाभान्वित भएका छन्। 

यसैबीच, हलेसी तुवाचुङ नगरपालिकाले ग्यासको आयातलाई प्रतिस्थापन गर्न निःशुल्क विद्युतीय चुलाे वितरण गर्न थालेको छ। नगरपालिकाले चालू आर्थिक वर्षमा एक सय ३९ शिक्षिका र १७ महिला पूर्वजनप्रतिनिधिलाई विद्युतीय चुलाे प्रदान गरेको हो।

चालू आर्थिक वर्ष ०७९/८० मा नगरपालिकाले दुई सयवटा विद्युतीय इन्फ्रारेड चुलाे खरिद गरेको थियो। जसमध्ये नगरपालिकाभरिका शिक्षिक र महिला पूर्वजनप्रतिनिधिलाई नगर प्रमुख राई, उपप्रमुख रमेशकुमार राउत र प्रमुख प्रशासकीय अधिकृत कैलाशबहादुर ठकुराठीले संयुक्त रूपमा चुलाे प्रदान गरेका हुन्।

ad
ad
ad
ad