१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १० आइतबार
  • Saturday, 07 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असार १० आइतबार o८:o१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार १० आइतबार o८:o१:oo

निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष अग्रवाललाई पदभार हस्तान्तरण गरे 

नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाल परिसंघको विधानअनुसार स्वतः अध्यक्षमा चयन भएका हुन् । परिसंघमा डेढ दशकदेखि सक्रिय अग्रवाल परिसंघको राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजस्व समिति सभापति, रोजगारदाता परिषद् संयोजक हुँदै वरिष्ठ उपाध्यक्ष बनेका थिए । शनिबार सम्पन्न परिसंघको २०औँ वार्षिक साधारणसभाले उनलाई अध्यक्षमा चयन गरेको हो । परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष अग्रवाललाई शपथग्रहण गराउँदै पदभार हस्तान्तरण गरे ।

आरएमसी ग्रुपका कार्यकारी निर्देशकसमेत रहेका अग्रवाल सन् १९९२ देखि उद्योग–व्यवसाय क्षेत्रमा छन् । आरएमसी ग्रुपअन्तर्गत सिमेन्ट, स्टिल, खाद्यलगायतका उद्योग तथा व्यवसाय रहेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष अग्रवालले परिसंघले विगतदेखि हासिल गर्दै आएका उपलब्धिलाई संस्थागत गर्दै थप नयाँ उचाइमा पुर्‍याउन सक्रिय रूपमा लाग्ने बताए । उनले सरकारका छिटो–छिटो परिवर्तन हुने नीति–नियम, चर्को ब्याजदर, समग्र मागमा आएको कमी, उत्पादनमा कमी, घट्दो मनोबल तथा नयाँ लगानीका योजनाहरू स्थगनलगायतका निजी क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि प्रभावकारी रूपमा प्रस्तुत हुने बताए । 

सातजना उपाध्यक्ष निर्विरोध 
साधारणसभाले सातजना उपाध्यक्ष चयन गरेको छ । निर्वाचित राष्ट्रिय परिषद् सदस्यहरूमध्येबाट सर्वसम्मत सातजनालाई उपाध्यक्षमा चयन गरेको हो । परिसंघको उपाध्यक्षमा निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर र भीम घिमिरे चयन भएका हुन् ।  अमित मोर र भीम घिमिरे पहिलोपटक परिसंघको उपाध्यक्ष बनेका हुन् । 

यी हुन् राष्ट्रिय परिषद् सदस्यहरू  
साधारणसभाबाट परिसंघको राष्ट्रिय परिषद् सदस्यमा सञ्जय गोल्छा, राजबहादुर शाह, विदुषी राणा, अजितविक्रम शाह, हेमराज ढकाल, आशिष अग्रवाल जजोडिया, मनीष खेम्का, द्विराज शर्मा (सिवाकोटी), धु्रवप्रसाद रिजाल, वर्षा श्रेष्ठ, हितेश गोल्छा, आशिष गर्ग, सपना सापकोटा, वीरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् । यसैगरी लक्ष्मीप्रसाद सुवेदी, गोकुल भण्डारी, सन्दीप शारदा, मोहित केडिया, अमित मोर, अमितकुमार बेगानी, चन्द्र टन्डन, रोहित गुप्ता, निर्वाण चौधरी, वरुणकुमार तोदी, राहुलकुमार अग्रवाल, शरदकुमार टिवडेवाला, विक्रम सिंघानिया, मिलनबाबु मल्ल, दीपक अग्रवाल, विशाल अग्रवाल, सौरभ दुगड, विकास दुगड, दिलीप अग्रवाल, गोपालकुमार अग्रवाल, आदित्य संघाई पनि राष्ट्रिय परिषद् सदस्यमा निर्वाचित भएका छन् । 

यसैगरी, परिसंघको स्थायी आमन्त्रित सदस्यमा सन्दीप सारडा, गोकुल भण्डारी र छाया शर्मा मनोनीत भएका छन् । नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालले उपाध्यक्ष एवं राष्ट्रिय परिषद् सदस्यहरूलाई शपथग्रहण गराए । 

गुप्ता र भट्टराईसहितलाई अवार्ड 
साधारणसभामा ६ वटा विधामा अवार्ड प्रदान गरिएको थियो । सबैभन्दा सक्रिय उपाध्यक्षमा रोहित गुप्ता र सबैभन्दा सक्रिय राष्ट्रिय परिषद् सदस्यका रूपमा अनलराज भट्टराईले अवार्ड पाए । परिसंघले आयोजना गरेका कार्यक्रमहरूमध्येबाट ‘वुमन लिडरसिप समिट’, समिति, परिषद्, मञ्चमध्येबाट पर्यटन समिति, सक्रिय प्रदेश परिसंघबाट लुम्बिनी उद्योग परिसंघले अवार्ड पाए । त्यस्तै, सर्वोत्कृष्ट कर्मचारीको अवार्ड उपनिर्देशक रवि प्रजापतीले प्राप्त गरेको परिसंघले जानकारी दिएको छ ।

निजी क्षेत्रका समस्या समाधानका लागि प्रभावकारी रूपमा प्रस्तुत हुनेछु : राजेशकुमार अग्रवाल, अध्यक्ष, परिसंघ

परिसंघले विगतदेखि हासिल गर्दै आएका उपलब्धिलाई संस्थागत गर्दै थप नयाँ उचाइमा पुर्‍याउन सक्रिय रूपमा लाग्नेछु । सरकारका छिटो–छिटो परिवर्तन हुने नीति–नियम, चर्को ब्याजदर, समग्र मागमा आएको कमी, उत्पादनमा कमी, घट्दो मनोबल तथा नयाँ लगानीका योजनाहरू स्थगनलगायतका निजी क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि प्रभावकारी रूपमा प्रस्तुत हुने बताए ।