१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १७:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हरेक पहाडका टाकुरालाई पर्यटन स्थल बनाऔँ : वामदेव गौतम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:२५:oo

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले पहाडमा जबर्जस्ती चलाइएको डोजर आतंक रोकेर दिगो विकास गर्नुपर्ने बताएका छन्।

बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले हरेक पहाडको टाकुरालाई पर्यटन स्थल बनाएर नेपालको विकास गर्नुपर्ने धारणा राखे। नेपाललाई भूगर्भ र सतहअनुसार विकास गर्न नसक्दा दिगो विकास हुन नसकेको उल्लेख गर्दै गौतमले नेपालमा रहेका १० हजारभन्दा बढी पहाडी टाकुरालाई पर्यटन स्थलको रूपमा विकास गर्नुपर्ने भनाइ राखे।

‘हामीले हाम्रो देशको भूगर्भित सतहको आधारमा विकास गरेनौँ। दिगो विकास गरेनौँ। त्यसकै परिणाम आज हामी भोग्दै छौँ। पोहोर साल हाम्रो सगरमाथा बढ्यो। यो प्रमाण के हो भने हाम्रो जमिन हल्लिरहेको छ। हल्लिरहेको जमिन हो, कुनै पनि वेला बाढी आउन सक्छ। थोरै मात्रै केही तलमाथि पर्‍यो कि पहिरो गइहाल्छ। हामीले यस्तो ठाउँमा कसरी विकास गर्ने भन्ने सोचाइ भएन। यो परिवर्तन गर्नुपर्छ। हिमालमा त्यही किसिमको व्यवस्थापन गरौँ। हरेक पहाडको टाकुरामा एउटा पर्यटन स्थल बनाउनुपर्छ,’ गौतमले भने।

ad
ad