Skip This
गति नलिए समाजवादी मोर्चा दुर्घटनामा पर्छ : भुसाल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ७ बिहीबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार ७ बिहीबार १३:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गति नलिए समाजवादी मोर्चा दुर्घटनामा पर्छ : भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ७ बिहीबार १३:२२:oo

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले हालै गठन भएको ‘समाजवादी मोर्चा’ले गति पैदा गरेन भने त्यो दुर्घटनामा पर्ने बताएका छन्।

मार्क्सवादी ज्ञान केन्द्रको आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको ‘संगठनात्मक कार्यशाला एवं अभिमुखीकरण गोष्ठी’ को उद्घाटन गर्दै उनले वर्तमान आवश्यकतालाई मात्र मोर्चाले ध्यान दिए त्यसको औचित्य समाप्त हुने टिप्पणी गरेका हुन्।

उनले भने, ‘सुविचारित सही दिशामा गतिशील हुन सकिएन भने मोर्चा मात्र होइन, अहिलेको राजनीतिक दलको औचित्य सकिन्छ।’ इमानदार तवरले जनतासम्म पुग्न नसक्दा चल्ता राजनीतिक दल कमजोर हुँदै गएको बताउँदै महासचिव भुसालले जनतासँग समाहित नभएको पार्टी लोप हुँदै जाने भएकाले त्यसतर्फ ध्यान दिन सुझाव दिए। 

बनिबनाउ पुस्ताबाट समाज परिवर्तन असम्भव रहेकाले नयाँ पुस्तामा राजनीतिक चेत विकास हुनुपर्ने उनको भनाइ छ। वर्तमान ‘पपुलिस्ट’ संस्कृतिलाई विस्थापित गर्न ठूलो शक्ति पैदा हुने तर्क गर्दै महासचिव भुसालले वर्तमान राजनीतिक दलले रोक्न सकेनन् भने अब आउने दिनमा लोप हुनुको विकल्प नरहेको बताए।  

मार्क्सवादीभन्दा पनि भोगवादी समाज निर्माण हुँदै गएको बताउँदै उनले नेतृत्वलाई अन्ध समर्थन गर्दा चेतनास्तर कमजोर देखिएको टिप्पणी गरे। 

मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाको अध्यक्षतामा भएको गोष्ठीमा मार्क्सवादी केन्द्रका सल्लाहकार गोपीरमण उपाध्यय देशको वर्तमान परिस्थितिलाई बुझेर यहाँको कला, संस्कृति, इतिहासको चिन्तन र बहसका विषय बनाउनुपर्नेमा जोड दिँदै आगामी दिनमा अध्ययन संस्कृतिलाई विस्तार गर्दै लैजानुपर्ने बताए। 

केन्द्रका उपाध्यक्ष जनार्दनबाबु कट्टेलले राजनीतिक दल र जनताबीचको सम्बन्ध घनिष्ट हुनुपर्नेमा जोड दिँदै कुनै पनि राजनीतिक दलसँग मात्र नभई कम्युनिस्ट आन्दोलनलाई निरन्तरता दिनका लागि भएको बताए।