१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ५ मंगलबार
  • Saturday, 28 September, 2024
२o८o असार ५ मंगलबार १२:५५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

शान्ति र सद्भावका लागि लुम्बिनीमा योग अभ्यास 

रामविना नेपाल अधुरो र सिताविना भारत अपूर्ण : मन्त्री किराँती 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असार ५ मंगलबार १२:५५:oo

संस्कृति पर्यटन तथा नागरिक उडडयनमन्त्री सुदन किराँतीले योग धार्मिक शारीरिक, मानसिक स्वास्थ्यलाभसँग मात्र नभइ विश्व ब्रह्माण्डसँग र मानव कल्याणको साझा ज्ञान जोडेको बताएका छन्। 

शान्ति र सदभावका लागि मंगलबार बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित योग अभ्यासलाई सम्बोधन गर्दै उनले भारतीय उपमहादीपबाट प्रारम्भ भएको योग सिन्धुघाँटी सभ्यतासँग जोडिएको बताए।

अहिले विश्वव्यापी रुपमा लोकप्रिय हुँदै गएको योग महर्षी पतन्जलीले वैज्ञानिक रुपमा सूत्रवद्ध गरेपनि योग सुत्र निर्माण गर्न धेरै ऋषिमुनिहरुले योगदान गरेको मन्त्री किराँतीले स्मरण गरे। धेरै ऋषिमुनिहरुका अगाडि गौतम बुद्धको नाम अग्रपंक्तिमा आउने उनले बताए।  

मन्त्री किराँतीले नेपाल र भारतबीच २३०० वर्ष अघिदेखिको व्यापारिक सम्बन्धबाट सुरु भएको बताउँदै प्रधानमन्त्रीको भ्रमणले भारतसँगको सम्बन्ध थप सुमुधुर बनेको बताए।

उनले रामविना नेपाल र सिताविना भारत अपूर्ण हुने बताउँदै मन्त्री किराँतीले भैरहवा विमानस्थलको हवाई रुटका बिषयमा भारत सरकार सकारात्मक रहेको बताए। 

अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भारतीय राजदूत नविन श्रीवास्तव लगायतको  उपस्थितीमा लुम्बिनीमा शान्ति र सदभावका लागि योग दिवस मनाइएको हो।

लुम्बिनी विकास कोष, भारतीय राजदूताबास, पतञ्जली नेपालको आयोजनामा लुम्बिनीमा भएको अन्र्तराष्ट्रिय योग दिवस २०२३ लाई सम्बोधन गर्दै भारतीय राजदूत नविन श्रीवास्तवले योग भारतबाट शुरु भएको बताउँदै यसले नेपालसँगको सम्बन्धलाई पनि जोडेको बताए। 
उनले नेपाल भारत सम्बन्ध युगौदेखि रहँदै आएको र प्रधानमन्त्रीको हालै भएको भ्रमणले थप सम्बन्ध सुमुधुर बनेको बताए।

पतञ्जली योग समिति कपिलबस्तुका अध्यक्ष कृष्ण मुरारी ज्ञवाली र नवलपरासीका अधयक्ष नरुपती पाण्डेयले योग अभ्यास गराएका थिए। पतञ्जली र स्थानीयहरु गरि दिवसका अवसरमा लुम्बिनीमा ४ सय जनाको उपस्थितीमा योग अभ्यास गराइएको थियो। 

योग दिवसको अवसरमा आयोजित योग अभ्यसामा मन्त्री किराँती सहित, मुख्यमन्त्री चौधरी, भारतीय राजदूत श्रीवास्तव, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, विकास कोषका बोर्ड सदस्यहरु सरिक भएका थिए। 

बुद्धजन्मस्थल लुम्बिनीमा हुने यस्ता कार्यक्रमले लुम्बिनीमो प्रचार प्रसारमा योगदान गर्ने कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राइले बताए। 

प्रत्येक वर्ष जुन २१ तरिखका दिन अन्र्तराष्ट्रिय योग दिवस मनाउने गरिन्छ। भारतीय राजदूतावासले नेपालमा प्रत्येक वर्ष दिवस मनाउने कार्यक्रम अन्तर्गत यो पटक लुम्बिनी र पोखरामा मनाइएको दुताबासका निरज भण्डारीले बताए।