Skip This
ओमानसँग आयरल्यान्ड स्तब्ध
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ५ मंगलबार
  • Friday, 20 September, 2024
एजेन्सी हरारे
२o८o असार ५ मंगलबार o६:३६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ओमानसँग आयरल्यान्ड स्तब्ध

एकदिवसीय ग्लोबल छनोटमा टेस्ट राष्ट्र आयरल्यान्ड ओमानसँग पाँच विकेटले पराजित

Read Time : > 1 मिनेट
एजेन्सी, हरारे
नयाँ पत्रिका
२o८o असार ५ मंगलबार o६:३६:oo

आइसिसी एकदिवसीय विश्वकप ग्लोबल छनोटमा ओमानले स्तब्ध नतिजा निकाल्ने क्रममा टेस्ट राष्ट्र आयरल्यान्डमाथि पाँच विकेटको सनसनी नजिता निकालेको छ । यसअघि ग्लोबल छनोटमा टेस्ट राष्ट्र एसोसिएट टोलीमाथि हावी थिए । प्रतियोगिताकै पहिलो स्तब्ध नतिजा ओमानले निकालेको छ ।

आयरल्यान्ड आइसिसी विश्वकप सुपर लिगमा १२औँ स्थानमा रहेको टोली हो । ओमान आइसिसी विश्वकप लिग–२ को उपविजेताका रूपमा ग्लोबल छनोटमा पुगेको हो । हरारेमा समूह ‘बी’मा आयरल्यान्डले पहिलो ब्याटिङ गरी ५० ओभरमा सात विकेट गुमाएर दुई सय ८१ रन बनाएको थियो । उत्कृष्ट फर्ममा रहेको ओमानले ४८.१ ओभरमा पाँच विकेटको क्षतिमा दुई सय ८५ रन जोड्दै आयरल्यान्डमाथि ऐतिहासिक जित निकाल्यो । ओमानका सोयब खानले विजयी चौका प्रहार गरेका थिए । 

तीन अर्धशतक
ओमानले लक्ष्य पछ्याउँदा कमजोर सुरुवात गरेको थियो । ओपनर जितेन्दर सिंहले केवल एक रन मात्र जोडे । त्यसपछि ओमानका ब्याट्सम्यानले अनुभवी टोली आयरल्यान्डविरुद्ध सतर्कतासाथ ब्याटिङ गरे । ओमानका तीन ब्याट्सम्यानले अर्धशतकीय इनिङ्स खेल्दा आयरल्यान्डको केही चलेन । कश्यप प्रजापति र अकिव लियासले दोस्रो विकेटका लागि ९४ रनको साझेदारी गरे । लियासले ४९ बलमा आठ चौका प्रहार गरी ५२ रनको योगदान दिए । 

कश्यपले कप्तान जेसन मक्सुदसँग तेस्रो विकेटका लागि ६३ रन जोडे । उनले ७४ बलमा ६ चौका र एक छक्का प्रहार गरे । आयरल्यान्डको बलियो बलिङ आक्रमणलाई मक्सुद र मोहमद नदिमले चुनौती दिए । दुवैले चौथो विकेटका लागि ५६ रनको महत्वपूर्ण साझेदारी गर्दै ओमानलाई ३८.३ ओभरमा २२२–४ को बलियो अवस्थामा राखे । कप्तान मक्सुदले ६७ बलमा चार चौका र एक छक्का प्रहार गरी ५९ रन बटुले । 

नदिमले आयान खानसँग पाँचौँ विकेटका लागि ३७ रन बनाए । आयानले २१ बलमा दुई चौका र एक छक्काको सहयोगमा २१ रन बटुले । त्यसपछि नदिम र सोयब खानले अविजित २६ रनको साझेदारी गर्दै ओमानलाई महत्वपूर्ण दुई अंक दिलाए ।

डकक्रेलको ९६ रन
आयरल्यान्डको ब्याटिङमा छैटोैँ क्रमका ब्याट्सम्यान जर्जे डकक्रेलले सर्वाधिक ९१ रनको योगदान दिएका थिए । उनले ८९ बलमा सात चौका र दुई छक्का प्रहार गरे । इनिङ्सको अन्तिमसम्म आउट नभएका डकक्रेललाई अन्य ब्याट्सम्यानले साथ दिन सकेनन् । आयरल्यान्डका ओपनर एन्डी म्याकब्रिन र पाउल स्ट्रिलिनले ५१ रनको साझेदारी गरे । एन्डीले २० रन र पाउलले २३ रन जोडेका थिए । यी दुवै ब्याट्सम्यान केवल एक बलको अन्तरमा पेभेलियन फर्के । हयारी टेक्टरले ८२ बलमा ५२ रन जोडे । 

जित कल्पनाभन्दा बाहिर रह्यो जेसन मक्सुद, कप्तान, ओमान
आयरल्यान्डसँग ओमानको पहिलो एकदिवसीय खेल हो । आयरल्यान्डलाई हराउन पाउँदा हामी गौरवान्वित भएका छौँ । सम्भवतः हाम्रो एकदिवसीय इतिहासमा यो सबैभन्दा ठूलो जित हो, जुन जित कल्पनाभन्दा बाहिरको थियो । यस्तै किसिमको नतिजा निकाल्दा विश्वकप खेल्ने सम्भावना रहन्छ । यसका लागि प्रत्येक खेलमा राम्रो प्रदर्शन गर्नुपर्छ । हामी यहाँ भारतका लागि छनोट हुन आएका हौँ । 

यो नतिजाबाट धेरै दुःखी छौँ
एन्डी बाब्रिने, कप्तान, आयरल्यान्ड

यो नतिजाबाट हामी सबै आइरिस दुःखी छौँ । स्कोर बोर्डमा त्यति नराम्रो योगफल पनि थिएन । यसलाई रक्षा गर्न सकिन्छ भन्ने थियो । ओमानका बलरले प्रत्येक समयमा कठिन बलिङ गरेका थिए । यद्यपि, ओमानको जितले हामी त्यति आश्चर्य पनि छैनौँ । किनभने, यस प्रतियोगिताका लागि उनीहरूले धेरै मिहिनेत गरेका छन् । आउने खेलमा राम्रो हुनेछ ।