१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ४ सोमबार
  • Saturday, 28 September, 2024
२o८o असार ४ सोमबार २o:३९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारी वर्षाका कारण पाकिस्तानमा सातजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार ४ सोमबार २o:३९:oo

प्रान्तीय राजधानीको छेउमा रहेको बन्नु डिभिजनका तीन जिल्लामा भारी वर्षाका कारण सातजनाको मृत्यु भएको छ । ७२ जना घाइते भएका छन् ।

बन्नु डिभिजनमा पाँचजनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन् । प्रान्तीय राजधानीमा दुईजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

बन्नुका कमिश्नर परवेज सबतखेलका अनुसार बन्नु, लक्की मारवत र उत्तरी बजिरिस्तान जिल्लाहरूमा तीव्र हावासँगै भारी वर्षा भएको छ । उनका अनुसार बन्नु जिल्लामा तीनजनाको ज्यान गएको छ भने ५१ जना घाइते भएका छन् । 

लक्की मारवत जिल्लामा एकजनाको मृत्यु र १६ जना घाइते भएका छन् । उत्तरी बजिरिस्तान जिल्लामा एकजनाको मृत्यु भएको छ ।

शक्तिशाली हुरी र मुसलधारे वर्षाले दक्षिणी क्षेत्रहरूमा व्यापक क्षति पुर्‍याएको छ ।  बाढीले सडकमा पनि क्षति पुर्‍याएको छ । क्षतिको आकलनका लागि प्रभावित क्षेत्रमा टोली पठाइएको र जिल्ला प्रशासनलाई सतर्क अवस्थामा राखिएको बताइएको छ ।

उद्धारकर्मीहरूले बन्नुको कक्की, खुजारी र हवेद क्षेत्रबाट उद्धार गरी १५ जना पीडितलाई अस्पताल पुर्‍याएको समाचारमा उल्लेख छ ।