१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ३ आइतबार
  • Monday, 01 July, 2024
२o८o असार ३ आइतबार o८:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

दक्षिण एसियामै पहिलोपटक पोखरामा नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुने   

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असार ३ आइतबार o८:oo:oo

८ र ९ असारमा फेवातालमा दक्षिण एसियामै पहिलोपटक नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३ हुँदै छ । सोही कार्यक्रममा सहभागी हुन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १७१औँ दिनमा चिनियाँ विमान कम्पनी सिचुवान एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । फेस्टिभलमा सहभागी हुन आउने खेलाडीसँगै दर्शक, पर्यटकहरू चार्टर्ड उडानमार्फत ६ असारमा चीनबाट सीधै पोखरा आउन लागेका हुन् ।

सिचुवानले चीनको छेन्दु विमानस्थलबाट चार्टर्ड उडान गर्ने भएको छ । चार्टर्ड उडानमार्फत चीनको लिङ्जी नगरका उपप्रमुखसहित ६० जनाको टोली पोखरा आउने नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन वाङ जिनले पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । लिङ्जी र पोखरा महानगरपालिकाले भगिनी सम्बन्धसमेत गाँसेका छन् ।

१७ पुसमा ०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको विमानस्थलमा ११ फागुनमा इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) लागू भएपछि अन्तराष्ट्रिय उडान र रात्रिकालीन उडानका लागि तयार भएको थियो ।  विमानस्थलमा १८ फागुनदेखि रात्रिकालीन उडान सुरु भएको थियो । आउँदो ६ गते चार्टर्ड उडानमार्फत पहिलो अन्तर्राष्ट्रिय उडान हुने भए पनि नियमित अन्तर्राष्ट्रिय उडान कहिलेबाट हुन्छ भन्नेमा हालसम्म केही निर्णय भएको छैन । 

आठ टोलीले प्रतिस्पर्धा गर्ने, एक सय २० खेलाडी सहभागी
नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसनको सहआयोजना एवं होटेल एसोसिएसन नेपाल (हान), नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा), नेपाल राफ्टिङ एन्ड क्यानोइड एसोसिएसनको सहकार्यमा हुने नेपाल–चीन फ्रेन्डसिप ड्रागन बेट रेस फेस्टिभलमा आठ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । 

नेपाल र चीनबीच रहिआएको सांस्कृतिक तथा जनस्तरको सम्बन्ध नेपालमा आयोजना गर्न लागिएको यो फेस्टिभल दक्षिण एसियामै पहिलोपटक आयोजना हुन गइरहेको भनाइ उनको छ  ।

प्रतियोगिताका लागि चीनबाट केरुङ नाका हुँदै आठवटा विशेष खालका बोट जेठ तस्रो साता पोखरा ल्याइएको छ । बोटसँगै अन्य आवश्यक सामग्री र बोट रेस तथा प्रशिक्षणका लागि सहभागीहरू प्रतियोगिताको अभ्यास गरिरहेका छन् । फेस्टिभलमा नेपालका सातैवटै प्रदेश र चीनका गरी एक सय २० जना प्रतियोगीहरू सहभागी हुनेछन् । बोट रेसमा दुई सय र पाँच सय मिटरमा गरी दुईवटा सेगमेन्टमा आठवटा बोट रेस हुनेछ । विजेतालाई नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । पुरस्कारका लागि नगद ३० लाख खर्च हुनेछ । रेससँगै दुवै देशका सांस्कृतिक प्रस्तुति र खाद्य प्रदर्शनीसमेत हुनेछन् ।

ad
ad
ad
ad