
नक्कली भुटानी शरणार्थी प्रकरणका १६ अभियुक्त जगन्नाथदेवल (केन्द्रीय) कारागार सुन्धारा चलान गरिएका छन् । जिल्ला अदालत काठमाडौंले आजै उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
यसअघि उनीहरू प्रहरी परिसर टेकु, प्रहरी वृत्त दरबारमार्ग, प्रहरी वृत्त सोह्रखुट्टे, प्रहरी वृत्त कालिमाटीका न्यायिक हिरासतमा थिए ।
अदालतको आदेशपछि प्रहरीले उनीहरूलाई आवश्यक कागजात मिलाएर केहीबेरअघि सुन्धारास्थित केन्द्रीय कारागार चलान गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।