बजारमा धेरै ब्रान्डका स्मार्ट वाच पाइन्छन् । खरिद गर्नुअघि तपाईंले यसका फिचर्स राम्ररी चेक गर्नुपर्छ । हेल्थ ट्रयाकर र हर्टबिट ट्रयाकर भएका स्मार्ट वाच मात्रै किन्नुपर्छ । जसरी व्यायामका दौरान तपाईंलाई हर्टबिट जान्न जरुरी हुन्छ, त्यस्तै निद्रापछि पनि तपाईंलाई कति समय गहिरो निद्रा पर्यो भनेर जान्न जरुरी हुन्छ ।
गहिरो निद्राको समय कम हुँदा मानिसको दैनिकीमा असर गरिरहेको हुन्छ । त्यसैले स्लिप ट्रयाकर फिचर पनि तपाईंको स्मार्ट वाचमा समावेश हुनु राम्रो हुन्छ । अटो ब्राइटनेस सेन्सर भएका स्मार्ट वाच किन्नु राम्रो हुन्छ । जसकारण, अँध्यारो हुँदा पनि घडीको ब्राइटनेस आफैँ नियन्त्रणमा आओस् र अँध्यारोमा पनि समय हेर्न सकियोस् ।
स्मार्ट वाचमा फोन गर्न मिल्ने, म्यासेज रिड गर्ने र सोसल मिडिया फिचर्सका सुविधा हुनुपर्छ । ताकि, कुनै पनि नोटिफिकेसन मिस नहोस् । आजकल हरेक कम्पनीले अलग–अलग साइज, मोडेल र कलरका घडीहरू बजारमा ल्याइरहेका छन् । तपाईंले आफ्नो रोजाइअनुसार किन्न सक्नुहुन्छ । तर, कुनै पनि स्मार्ट वाचको ब्याट्री ब्याकअप ६–७ दिनको हुन आवश्यक छ ।