१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका जनकपुरधाम
२o८१ बैशाख २२ शनिबार २o:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेसद्वारा जनकपुरधामका मेयरमाथिको कारबाही फुकुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २o:o७:oo

कांग्रेसको केन्द्रीय अनुशासन समितिले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहमाथिको कारबाही फुकुवा गरेको छ । कांग्रेसभित्रको साबिक पदलाई निरन्तरता दिँदै साहमाथिको कारबाही फुकुवा गरिएको हो । 

गत स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट विद्रोही भएका उम्मेदवार, उनका प्रस्तावक र समर्थकलाई कांग्रेस पार्टीको विधान २०१७ (संशोधनसहित) धारा ३४ बमोजिम साधारण सदस्यसमेत नरहने गरी पार्टीले कारबाही गरेको थियो ।

पार्टीको आदर्श, सिद्धान्त र उद्देश्य अंगीकार गर्दै पार्टीमा पुनः क्रियाशील रहने प्रतिबद्धता जनाउँदै साहले सोमबार निवेदन दिएका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने गरी उनको साबिकको पदलाई निरन्तरता दिँदै कारबाही फुकुवा गरिएको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले जानकारी दिए । 

साह यसअघि कांग्रेसको जनकपुरधाम नगर सभापति थिए । साहले स्थानीय तहको निर्वाचनका क्रममा ९ वैशाख ०७९ मा नगर सभापति पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनको प्रस्तावकमा नन्दलाल साह र समर्थक रामप्रसाद पजियार थिए । 

निर्वाचनका दौरान गठबन्धनले जनकपुरधाम जनता समाजवादी पार्टीलाई दिने निर्णय गरेपछि असन्तुष्टि जनाउँदै साहले कांग्रेस परित्याग गर्दै नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । पार्टी परित्याग गरेर उम्मेदवारी दिए पनि निर्वाचनमा उनी विजयी भएका हुन् । 

ad
ad