१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १५:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

चक्रवात बिपरजोयको प्रभाव मुम्बईसम्म, हवाई उडान प्रभावित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:o६:oo

भारतको आर्थिक राजधानी मुम्बईमा आइतबार साँझदेखि प्रतिकूल मौसमका कारण बिपरजोय चक्रवात तीव्र भएपछि उडान प्रभावित भएको अधिकारीहरूले सोमबार बताएका छन्। 

पूर्व–मध्य र आसपासको उत्तरपूर्वी अरब सागरमा बनेको चक्रवाती आँधी ‘बिपरजोय’ले अत्यधिक भीषण चक्रवाती आँधी मुम्बईमा अवतरण भएपछि सहर र वरपरका क्षेत्रमा भारी वर्षा र हावाहुरी चलेको छ। 

मुम्बई विमानस्थलका केही उडान रद्द वा ढिलो भएको र केहीले अवतरण रद्द गर्नुपरेको र सयौँ यात्रुले आफ्नो उडानका लागि घन्टौँ पर्खनुपरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

‘खराब मौसम र मुम्बई विमानस्थलको धावनमार्ग ०९–२७ अस्थायी रूपमा बन्द हुनुका साथै हाम्रो नियन्त्रणभन्दा बाहिरका अन्य कारणहरूले गर्दा हाम्रा केही उडानहरू ढिलाइ र रद्द भएका छन्,’ एयर इन्डियाले आइतबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सोमबार मुम्बईको मरिन ड्राइभमा पनि उच्च ज्वारभाटाको लहर देखिएको थियो र तटीय महाराष्ट्रका केही जिल्लामा आँधीबेहरीको चेतावनी जारी गरिएको छ।
 
भारतीय मौसम विज्ञान विभाग (आइएमडी)ले चक्रवात ‘बिपरजोय’ बिहीबार गुजरातको सौराष्ट्र र कच्छ तट पार गर्ने सम्भावना छ र ती क्षेत्रहरूमा उच्च आँधीको गति एक सय ५० किलोमिटर प्रतिघण्टासम्म पुग्ने जानकारी गराएको छ। प्रशासनले तटीय क्षेत्रमा आवश्यक सावधानी अपनाउन नागरिकलाई निर्देशन दिएको छ।
 

ad
ad