Skip This
यसपालि बर्खामा साढे १२ लाख नागरिक प्रभावित हुने अनुमान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २८ आइतबार
  • Sunday, 07 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २८ आइतबार २१:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

यसपालि बर्खामा साढे १२ लाख नागरिक प्रभावित हुने अनुमान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २८ आइतबार २१:५१:oo

यसपालिको बर्खामा साढे १२ लाख नागरिक प्रभावित हुने आकलन सरकारले गरेको छ । 
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको १८औँ बैठकले दुई लाख ८६ हजार घरपरिवारका साढे १२ लाख ५४ हजार नागरिक प्रभावित हुन सक्ने ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–०८० स्वीकृत गरेको हो । 

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार कोसीमा ३ तीन लाख एक हजार १४३    (६८ हजार ९११ परिवार), मधेसमा चार लाख तीन हजार १८०  (९२ हजार २६१ परिवार), बागमतीमा ९६ हजार ८५८ (२२ हजार ३९३ परिवार) र गण्डकीमा ६९ हजार ७४४  (१५ हजार ९६० परिवार) प्रभावित हुने देखिएको छ । 

त्यस्तै, लुम्बिनीमा एक लाख ९९ हजार ८६२ (४५ हजार ७३५ परिवार),  कर्णालीमा३५ हजार ३३३ (८ हजार ८५ परिवार) र सुदूरपश्चिममा एक लाख ४७ हजार ६० (३३ हजार ६५२ परिवार) प्रभावित हुने देखिएको हो ।  नेपालमा बाढी, पहिरो र भारी वर्षा प्रमुख मनसुनजन्य विपत् हुन् ।  

स्वीकृत कार्ययोजनामा मनसुनजन्य जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आकलनका साथै विभिन्न मन्त्रालय तथा विषयगत क्षेत्र, निजी क्षेत्र, मानवीय क्षेत्रमा काम गर्ने नेपाल रेडक्रसलगायत गैरसरकारी संस्थाको जिम्मेवारीका साथै खोज, उद्दार तथा राहत सामग्रीहरूको मौज्दातीको विवरण समेटिएको छ । 

पोखरेलले पूर्वसूचना तथा पूर्वकार्यका लागि देशका ३४ स्थानमा स्मार्ट साइरन जडान, विपद् सामूहिक उद्दार सवारी तथा ‘ए क्लास’ एम्बुलेन्स खरिद गरी सातवटै प्रदेश र काठमाडौं उपत्यकामा एक–एकवटा रहने व्यवस्था मिलाइएको जानकारी दिए ।

गृहमन्त्री श्रेष्ठले उपलब्ध साधन स्रोतको अधिकतम परिचालन गरी कार्ययोजनाको ठोस कार्यन्वयन गर्न निर्देशन दिए।

ad
ad
ad
ad