१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २८ आइतबार
  • Friday, 05 July, 2024
२o८o जेठ २८ आइतबार २o:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

युक्रेनमा आएको बाढीमा ३५ बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २८ आइतबार २o:५६:oo

दक्षिणी युक्रेनमा आइतबार आएको विनाशकारी बाढीका कारण सात बालबालिकासहित ३५ जना बेपत्ता भएका छन् ।

खेर्सन क्षेत्रको अग्रपंक्तिमा रहेको रुसी नियन्त्रित काखोभका जुन ६ मा बाँध ध्वस्त भएपछि हजारौँ मानिस भाग्न बाध्य भएका थिए ।

युक्रेनले निप्रो नदीमा रहेको बाँध रुसले भत्काएको आरोप लगाएको छ भने मस्कोले किएभले उक्त संरचनामा विस्फाेट गराएको आरोप लगाएको छ ।

युक्रेनका आन्तरिक मामिलामन्त्री इगोर क्लाइमेन्कोले दक्षिणी क्षेत्र खेर्सन र माइकोलाइभका ७७ वटा सहर र गाउँ डुबानमा परेको जानकारी दिए । 

क्लाइमेन्कोका अनुसार खेर्सन क्षेत्रमा सात बालबालिकासहित ३५ जना हराइरहेका छन् । बाढीका कारण खेर्सन क्षेत्रमा पाँचजनाको मृत्यु भएको थियो भने माइकोलाइभ क्षेत्रमा एकजनाको मृत्यु भएको थियो ।

ती दुई क्षेत्रमा रहेका तीन हजार ७०० जनालाई सुरक्षितस्थलमा सारिएको उनले बताए । युक्रेनका अभियोजक जनरल एन्ड्री कोस्टिन र अन्तर्राष्ट्रिय फौजदारी अदालतका प्रतिनिधिले पनि बाढी प्रभावित क्षेत्रको भ्रमण गरेको उनको कार्यालयले जनाएको छ ।

‘चेर्नोबिलपछिको यो सबैभन्दा खराब वातावरणीय विपत्ति हो, त्यसैले हामी युद्ध अपराध मात्र होइन, पर्यावरणीयस्थलको पनि अनुसन्धान गरिरहेका छौँ,’ कोस्टिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

उनका अनुसार कुल ४५० टन टर्बाइन तेल निप्रो र काला सागरको पानीमा खसेको छ । बाँधमा विस्फोटपछि १७० भन्दा बढी अभियोजकहरूले बाँधमा भएको हस्तक्षेपको अनुसन्धान गरिरहेका छन्। रासस

ad
ad
ad
ad