Skip This
गर्मी बढेपछि मन्थलीका निजी विद्यालय बन्द
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २८ आइतबार
  • Saturday, 27 July, 2024
दीपक भट्ट रामेछाप
२o८o जेठ २८ आइतबार १३:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गर्मी बढेपछि मन्थलीका निजी विद्यालय बन्द

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८o जेठ २८ आइतबार १३:५o:oo

केही दिनदेखि अत्यधिक गर्मी बढेपछि रामेछापको सदरमुकाम मन्थलीमा रहेका तीनवटा निजी विद्यालयले जेठ मसान्तसम्मका लागि पठनपाठन बन्द गराएका छन्। 

गर्मी बढ्दै जाँदा सदरमुकाम मन्थलीको तापक्रम करिब ४० डिग्री सेल्सियस पुगेको छ। अझै बढ्ने क्रम जारी रहेकाले विद्यालय बन्द गरिएको हो। 

जल तथा मौसम विज्ञान विभागले करिब सात दिनपछि मनसुनी वर्षा नेपाल भित्रिने अनुमान सार्वजनिक गरेकोले सो अवधिसम्म विद्यालय बन्द गरिएको तामाकोसी आवासीय स्कुलका प्रधानाध्यापक दीपक खड्काले जानकारी दिए। 

गर्मीका कारण मन्थलीका तामाकोसी आवासीय स्कुल, लिटिल स्टार बोर्डिङ स्कुल र कर्कलादेवी बोर्डिङ स्कुल बन्द भएका छन्। जिल्लाका अधिकांश सामुदायिक विद्यालयले भने हालसम्म सार्वजनिक बिदा दिएका छैनन्। 

यसैगरी गर्मी बढ्दै गयो भने यस विषयमा विद्यालय व्यवस्थापनसँग सहकार्य गरेर विद्यालय बिदाको विषयमा छलफल गर्ने मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दाहालले जानकारी दिए।