१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २८ आइतबार
  • Sunday, 29 September, 2024
२o८o जेठ २८ आइतबार ११:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मेडिकल विश्वविद्यालयको माग गर्दै सुदूरपश्चिममा हडताल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २८ आइतबार ११:४८:oo

कैलालीको गेटामा मेडिकल विश्वविद्यालय स्थापनाको माग गर्दै सुदूरपश्चिममा आज आमहडताल गरिएको छ।

मेडिकल विश्वविद्यालय स्थापनाका लागि दबाब दिन गठित संघर्ष समितिले आह्वान गरेको आमहडतालका कारण यहाँ यातायात, बजार, शिक्षण संस्थाहरू पूर्ण रूपमा बन्द छन्। कैलाली,कञ्चनपुरसहित अधिकांश जिल्लामा लामो तथा छोटो दूरीका सवारीसाधन बन्द छ्न्।

यातायात सेवा बन्द हुँदा सर्वसाधारण मारमा परेका छन्। कैलालीका धनगढी, अत्तरियालगायत बजार बन्द रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बन्दका क्रममा कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले बताए।

आमहडतालका कारण कैलालीमा शिक्षण संस्था र कलकारखानासमेत बन्द छन्। गेटामा सहिद दशरथ चन्द मेडिकल विश्वविद्यालय स्थापनाको माग गर्दै करिब दुई सातादेखि कैलालीमा आन्दोलन भइरहेको छ।

सरकारले गत २९ माघमा गेटामा मेडिकल विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । तर, बजेटमा मेडिकल विश्वविद्यालयको साटो स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भनिएपछि कैलालीमा आन्दोलन सुरु भएको हो।