१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २८ आइतबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ २८ आइतबार ११:३७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तेल उत्पादन कटौतीको प्रभाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ २८ आइतबार ११:३७:oo

कच्चा तेल (क्रुड आयल)मा आएको गिरावटले ओपेक समूह देशको चिन्ता बढेको छ । यसैबीच, साउदी अरबले जुलाईदेखि प्रतिदिन १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने बताएको छ । यसको कारण ओपेक समूहले मूल्यमा गिरावट आएसँगै उत्पादन कटौती गर्न चाहेको बुझिएको छ । यसअघि पनि ओपेकले दुईपटक तेल उत्पादनमा कटौती गरिसकेको छ । 

तेल उत्पादन कटौतीमा ओपेकको समर्थन 
ओपेक समूहका देशबीच भएको यो सम्झौताअनुसार अन्य कच्चा तेल उत्पादक देश पनि सन् २०२४ को अन्त्यसम्म पहिलेको उत्पादनको तुलनमा कटौती गर्न सहमत भएका छन् । साउदीद्वारा तेल उत्पादन कटौतीको निर्णयबारे साउदीका ऊर्जामन्त्री प्रिन्स अब्दुला अजिज बिन सलमानले ओपेकबाहेकका देशसँगको सम्झौतामा सहमति जुटेको बताएका छन् । 

अझै बढी हुन सक्छ कटौती 
ऊर्जामन्त्री सलमानका अनुसार नयाँ उत्पादन लक्ष्य पहिलेभन्दा बढी पारदर्शी र न्युट्रल हुनेछ भने आगामी दिन तेल उत्पादन कटौती अझै बढ्न सक्छ । यस्तै, साउदीको ऊर्जा मन्त्रालयले देशको उत्पादन जुलाईमा घटेर प्रतिदिन ९० लाख ब्यारेल पुग्ने बताएको छ । यस्तो उत्पादनमा मे महिनामा एक करोड ब्यारेल प्रतिदिन थियो । पछिल्ला केही वर्षको तुलनामा यो कटौती अहिलेसम्मकै बढी हो । 

तेलमा कटौतीको प्रभाव के ?
ओपेक देशद्वारा कच्चा तेल उत्पादनमा कटौतीको असर विश्वमै पर्न सक्ने अनुमान गरिएको छ । कारण, ओपेकले विश्वको कुल तेलको ४० प्रतिशत उत्पादन गर्छ । यसरी उत्पादनमा कटौती हुँदा यसको असर कच्चा तेलको मूल्यमा पर्नेछ । भारतलगायत बाहिरबाट तेल आयात गर्ने देशमा कटौतीको प्रभाव देखिनेछ ।

ओपेक के हो ? 
ओपेक (अर्गनाइजेसन अफ द पेट्रोलियम एक्पोर्टिङ कन्ट्रिज)को स्थापाना सन् १९६० मा भएको हो । यो पेट्रोलियम पदार्थ उत्पादक देशहरूको समूह हो । यसका सदस्यमा साउदी अरब, अल्जेरिया, इरान, इराक, कुवेत, संयुक्त अरब इमिरेट्स, नाइजेरिया, लिबिया, भेनेजुएला, अंगोला, गबोन, गिनी, इक्वेडर र कंगो छन् । यो समूहमा पहिले कतार पनि थियो । तर, सन् २०१८ मा निष्कासित गरिएको थियो ।