१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १६:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

विदेशी मुद्रा सञ्चिति १४ खर्ब ७० अर्ब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:o१:oo

चालू आर्थिक वर्षको १० महिनामा रु. १४ खर्ब ७० अर्ब ३३ करोडबराबरको विदेशी विनिमय सञ्चिति कायम भएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार ०७९ साल असार मसान्तमा रु. १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भई गत  वैशाख मसान्तमा रु. १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको हो। 

अमेरिकी डलरमा यस्तो सञ्चिति ०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकामा ०८० वैशाख मसान्तमा १७.६ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड कायम भएको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ०७९ असार मसान्तमा रु. १० खर्ब ५६ अर्ब ३९ करोड रहेकामा ०८० वैशाख मसान्तमा २४.१ प्रतिशतले वृद्धि भई रु. १३ खर्ब १० अर्ब ६६ करोड पुगेको छ। 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति ०७९ असार मसान्तमा रु. एक खर्ब ५९ अर्ब ४१ करोड रहेकामा ०८० वैशाख मसान्तमा ०.२ प्रतिशतले वृद्धि भई रु. एक खर्ब ५९ अर्ब ६८ करोड पुगेको छ।  गत वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत छ।

आर्थिक वर्ष ०७९–८० को दश महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। 

ad
ad