१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o८:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नागरिकता विधेयकमा कुनै समुदायविरुद्ध लागेका छैनौँ : लामिछाने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:o५:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू नागरिकता विधेयकको विपक्षमा नरहेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले प्रमाणीकरणको प्रक्रियामा मात्रै आफूहरूको विमति रहेको उनले बताए । आमनागरिकमा भने रास्वपा मधेसी समुदायविरुद्ध लागेको भन्ने भाष्य जबर्जस्ती निर्माण भइरहेको भन्दै उनले आपत्ति जनाए ।

‘नागरिकता विधेयकका सम्बन्धमा रास्वपा कुनै समुदायको विरुद्ध छ भन्ने भाष्य जबर्जस्ती निर्माण गरेर निमुखा नागरिकलाई गुमराहमा राख्न खोजिएको छ,’ उनले भने, ‘त्यसो गर्नेलाई यति मात्रै भन्न चाहन्छु कि राजनीतिसँग कुनै सरोकार र भोट बैंकको कुनै आवश्यकता नहुँदा पनि प्राकृतिक विपत्ति, वैदेशिक रोजगारीका समस्या र मिटरब्याजजस्ता विषयमा आवाजविहीन मधेसी जनताको पक्षमा हामी उभिएको संसार साक्षी छ ।’

अहिलेको संसद्मा छलफल हुन पाएर प्रमाणीकरणको बाटोमा गएको भए धेरै विषयमा छलफल गर्न सकिने उनको भनाइ थियो । ‘मलाई नागरिकले नागरिकता नपाउनुको पीडा थाहा छ, साँच्चै नै थाहा छ । कुनै पनि नेपाली नागरिक नागरिकताबाट वञ्चित हुनुहुँदैन । त्यो उसको नैसर्गिक अधिकार हो । जन्मसिद्ध नेपाली नागरिकका सन्तान र एकल आमाहरूको सन्तानको नागरिकताको अधिकार मेरो र तपाईंको जत्ति नै सुनिश्चित छ र हुनुपर्छ,’ उनले भने ।

रास्वपा सभापति लामिछानेले आधा घन्टा लामो सम्बोधनका क्रममा पार्टीका सांसदको केही दिनयताको बहस अमर्यादित भएको भन्दै माफीसमेत मागे । केही दिनयता प्रतिनिधिसभामा भएको छलफलबाट आफू लज्जित भएको उनले स्विकारे । ‘हामीले पार्लियामेन्टको डिग्निटी राख्नलाई कहीँकतै चुकिरहेका त छैनौँ ? यसबारेमा अलिकति ध्यानाकर्षण गराउन चाहन्छु । जस्ताजस्ता विषयमा हामीले छलफल गर्‍यौँ हामी नयाँ राजनीतिक दलका हिसाबमा । चाहे ती हाम्रा पक्षबाट आएका हुन् या अन्य राजनीतिक दलबाट आएका विषय हुन् । हामी कहीँ न कहीँ लज्जित भएका छौँ । यो सदन भैँसी, राँगाको विषयमा गफ गरेर यदि पाँच वर्ष बिताउने हो भने हामीले गोबरबाहेक केही पनि प्राप्त गर्न सक्दैनौँ । हाम्रा दलबाट पनि भएका कमी–कमजोरीलाई आत्मालोचना गर्न चाहन्छौँ,’ उनले भने ।

ad
ad