मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ २५ बिहीबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २५ बिहीबार १३:o९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सल्युट गोर्खा ट्रेनिङ सेन्टरका राहुल पाण्डे दुबईमा सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २५ बिहीबार १३:o९:oo

सल्युट गोर्खा ट्रेनिङ सेन्टर प्रालिका सञ्चालक राहुल पाण्डे दुबईमा योङ इन्टरप्रेन्योर अफ द इयर २०२३ बाट सम्मानित भएका छन्।

ग्लोबल एम्पायर इभेन्ट्स र बिजनेसन टिभीको संयुक्त आयोजनामा दुबईमा भएको कार्यक्रममा पाण्डे आइकन अफ एसिया अवार्डमा ‘क्रियटिभ इन्टरप्रेन्योर अफ द इयर’बाट सम्मानित भएका हुन्। उनलाई ग्लोबल एम्पायर र बिजनेसका प्रबन्ध–निर्देशक उदयवीरसिंह बिन्द्राले सम्मान गरेका हुन्। आइकन अफ एसिया अवार्डमा आठ राष्ट्रभन्दा बढीको सहभागिता रहेको थियो।

सम्मानपछि बोल्दै सञ्चालक पाण्डेले अवार्ड प्राप्त गर्नु उपलब्धिसँगै जिम्मेवारी पनि थपिएको बताए। उनले आफ्नो व्यवसायलाई थप अगाडि बढाउन र निरन्तरताका लागि दृढ संकल्पका साथ लागिपर्ने उल्लेख गरे।

सन् २००९ मा पोखरा– १४ चाउथेमा स्थापना भएको यस ट्रेनिङ सेन्टरका शाखाहरू काठमाडौं, ललितपुर, सुर्खेत, दाङ, बुटवल, चितवन र धरानमा सञ्चालनमा छन्। संस्थाले नेपालबाट दक्ष र इमानदार युवा जनशक्ति उत्पादन गरी ब्रिटिस आर्मी, सिंगापुर पुलिस, इन्डियन आर्मी, नेपाल आर्मीलगायत विभिन्न देशमा गोर्खा सैनिक भर्ती गराउँदै आएको छ।

सल्युट गोर्खा ट्रेनिङ सेन्टर प्रालि सन् २०२२–२३ को एसियाको बेस्ट गोर्खा भर्ती तथा प्रशिक्षण एकेडेमी अवार्ड र २०२२–२३ को एसियाको उत्कृष्ट अन्तर्राष्ट्रिय प्रशिक्षण केन्द्र अवार्डबाट सम्मानित संस्था हो।