Skip This
चार हिमालबाट ३६ हजार किलो फोहोर संकलन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २४ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ २४ बुधबार १o:४५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चार हिमालबाट ३६ हजार किलो फोहोर संकलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ २४ बुधबार १o:४५:oo

नेपाली सेनाको नेतृत्वमा विभिन्न सरकारी संस्था र दातृ संस्थाको सहकार्यमा सञ्चालित सफा हिमाल अभियानले चारवटा हिमालबाट ३५ हजार सात सय आठ किलो फोहोर संकलन गरेको छ । विश्व वातावरण दिवसको अवसर पारेर आयोजित समापन कार्यक्रममा सफा हिमाल अभियानको चौथो संस्करण सम्पन्न भएकोे हो ।

२८ मार्चबाट सुरु भएको सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुणत्से हिमालको सफाइ अभियान ५ जुनमा सम्पन्न भएको हो । अत्यधिक उचाइबाट फोहोर संकलन गर्ने जोखिमपूर्ण यात्रामा नेपाली सेना र शेर्पा गरी ९७ जना सहभागी थिए । संकलन गरिएको फोहोर काठमाडौं ल्याएर छुट्याई रिसाइकल पार्टनर क्रिएसनलाई हस्तान्तरण गरिने बताइएको छ ।

अभियानका निर्देशक ब्रिगेडियर जनरल सुन्दरकुमार पाण्डेले चारवटा हिमालबाट ३५ हजार सात सय आठ किलो फोहोर संकलन गर्न सफल भएको बताए । ‘प्रतिकूल मौसम र अत्यधिक उचाइका कारण यात्रा अवश्य चुनौतीपूर्ण र जोखिमपूर्ण थियो, तर हाम्रा हिमालहरू सफा राख्ने यो अभियान सफलतापूर्वक सम्पन्न गर्‍यौँ,’ उनले भने, ‘यो अभियानलाई सफल बनाउन मद्दत पुर्‍याएकोमा वातावरणप्रति जिम्मेवार सम्पूर्णमा धन्यवाद व्यक्त गर्छु ।’

कोकाकोला फाउन्डेसनकी अध्यक्ष सादिया माड्सब्जर्गले कोकाकोला फाउन्डेसनको सफा हिमाल अभियानसँगको सहकार्यले वातावरणलाई फोहोरमुक्त बनाउने दृढ प्रतिबद्धतालाई थप सार्थक बनाएको बताइन् । ‘यी हिमालहरू प्राकृतिक सम्पत्ति हुन् र नेपालीका लागि सांस्कृतिक रूपमा पनि महत्व राख्छन्,’ उनले भनिन्, ‘यी हिमालहरूको पवित्रता जोगाउन हाम्रो सहयोगले पनि भूमिका खेल्नेछ र यस्ता अभियानहरूले जलवायु परिवर्तनविरुद्ध पहल गर्न नेपाल र विश्वभर नै प्रेरित गर्नेछ भन्ने हामीले अपेक्षा गरेका छौँ ।’