१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १५:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चन्द्रनगर तनावग्रस्त, गाउँपालिकाको कार्यालय र अध्यक्षको घरमा ढुंगामुढा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:o१:oo

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ढुंगामुढा र आगजनी भएको छ।  चन्द्रनगर पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीले गाउँपालिकाको कार्यालय र गाउँपालिका अध्यक्ष राजकुमार महतोको निजी निवासमै ढुंगामुढा गरेका हुन्।  

गाउँपालिका अध्यक्ष महतोका अनुसार पालिकाले जिल्लाबाहिर कर्मचारीका लागि दुईदिने क्षमता अभिवृद्धिसम्बन्धी तालिम आयोजना गरेको मौकामा विद्यार्थीले तोडफोड गरेका हुन्। 

विद्यार्थीले गाउँपालिकाका कार्यालय सहयोगी लालबाबु राउत र विनोद मल्लिकलाई समेत हातपात गरेको अध्यक्ष महतोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

‘इन्स्टिच्युटको सञ्चालन तथा व्यवस्थापनमा सुधार ल्याउन गर्ने कार्य भएको र कार्यान्वयन चरणमा रहेको भए तापनि केही व्यक्तिले उचालेकोे भरमा गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित कसैलाई पनि पूर्वजानकारी नै नगरी र कुनै छलफलविना अध्यक्ष र कर्मचारीहरू दुईदिने क्षमता अभिवृद्धि कार्यक्रमका लागि बाहिर रहेको मौका छोपी चन्द्रनगर गाउँ कार्यपालिकाको कार्यालयमा रहेको कार्यालय सहयोगी लालबाबु राउत, विनोद मल्लिकमाथि हातपात गरी कार्यालयभित्रै बन्द गरी ताल्चा लगाएको पाइयो,’ विज्ञप्तिमा भनिएको छ, ‘केही उद्दण्ड व्यक्तिले गाउँ कार्यपालिकाको सार्वजनिक सम्पत्तिमाथि ढुंगामुढा, आगजानी गरी भारी मात्रामा क्षति पुर्‍याएको, भिडियोमा प्रस्ट सुनिएअनुसार जनप्रतिनिधि र कर्मचारीलाई अपशब्द प्रयोग गरी गालीगलोज गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’ 

कमजोर व्यवस्थापनका कारण दयनीय र जीर्ण अवस्थामा रहेको इन्स्टिच्युटको सुधारका लागि विद्यार्थीले आवाज उठाउँदै आएका थिए। ०७६ सालमा स्थापना भएको चन्द्रनगर पोलिटेक्निक इन्स्टिच्युटमा विगत चार वर्षदेखि शिक्षक तथा प्रिन्सिपलको नियुक्ति तथा व्यवस्थापन हुन सकेको थिएन। 

इन्स्टिच्युटमा प्रयोगात्मक सामग्रीसहितको प्रयोगात्मक ल्याब, पुस्तकालयलगायतका आवश्यक पूर्वाधार पनि उपलब्ध थिएनन् । गाउँपालिका अध्यक्ष महतोका अनुसार स्थापनायता आर्थिक वर्ष ०७८–७९ सम्मको लेखा परीक्षणसमेत गराइएको थियो।

०७९ वैशाखमा महतो अध्यक्ष नियुक्त भएलगत्तै इन्स्टिच्युट सञ्चालन, व्यवस्थापन तथा सुधारका लागि विद्यार्थी, शिक्षक, सञ्चालक समितिको पदाधिकारी र कर्मचारीहरूको सहभागितामा सहमति भएको थियो। ‘म अध्यक्षमा निर्वाचित भएपछि हालसम्ममा पोलिटेक्निक इन्स्टिच्युट सञ्चालन तथा व्यवस्थापन गर्न विद्यार्थीले माग गरेअनुसार सुशीलकुमार सिंहलाई निमित्त प्रिन्सिपलको रूपमा नियुक्त गरियो,’ महतोले भने, ‘शिक्षक भर्नाका लागि गाउँ कार्यपालिकाको बैठकबाट पारित गरेर खुला विज्ञापन प्रतिस्पर्धामार्फत तीनजना फुलटाइम शिक्षक भर्ना गराइयो। पुस्तकालयको व्यवस्थापन पनि गरियो। विद्यार्थी बस्ने होस्टेलको व्यवस्थापनमा सुधार भयो । लेखापरीक्षक नियुक्त गरी लेखापरीक्षण गर्न–गराउन निर्देशन दिइयो र त्यो कार्यान्वयन चरणमा छ । प्रयोगात्मक सामग्री, किताब खरिदका लागि सार्वजनिक खरिद ऐनअनुसारको प्रक्रियामा अघि बढेको र कार्यान्वयनको चरणमा रहेका वेला यस्तो निन्दनीय घटना घटेको हो।’

महतोले अहिले आफ्नो घरअगाडि नै ढुंगामुढा भइरहेको भन्दै यो कार्यमा संलग्न हुनेलाई कानुनअनुसार कारबाहीको माग राख्दै विज्ञप्ति जारी गरेका छन्। ‘मेरै घरअगाडि ढुंगामुढा भइरहेको छ, कर्मचारीहरू सबै त्रसित छन्, काम गर्ने वातावरण छैन,’ उनले भने।

गाउँपालिकाका अध्यक्षसहित सबै कर्मचारीले हस्ताक्षर गरेको विज्ञप्तिमा दोषीलाई कारबाही र सुरक्षा माग गरिएको छ। ‘यसरी उद्दण्ड मच्चाउने, जनप्रतिनिधि तथा कर्मचारीलाई अपशब्द प्रयोग गरी गालीगलोज गर्ने, सार्वजनिक सम्पत्तिमाथि तोडफोड गरी क्षति पुर्‍याउनेहरूमाथि कानुनअनुसारको कारबाही हुनुपर्ने, सार्वजनिक सम्पत्तिहरूको क्षतिपूर्ति तोडफोड गर्ने व्यक्तिले नै व्यहोर्नुपर्ने, विद्यार्थीलाई उचाल्ने गिरोहहरूको सत्यतथ्य पता लगाई सार्वजनिक गर्न र कानुनबमोजिम कारबाही गर्नुपर्ने, राष्ट्रसेवक कर्मचारीमाथि गरिएको हातपात, गालीगलोज, भित्रै थुनिएको र त्यसमाथि ढु‌ंगामुढा गर्ने व्यक्तिहरूमाथि कानुनी कारबाही गरी जनप्रतिनिधि तथा कर्मचारीको सुरक्षा गर्नुपर्ने,’ विज्ञप्तिमा माग गरिएको छ।

ad
ad