२०८० जेठ २१ आइतबार २०:३१:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०८० जेठ २१ आइतबार २०:३१:००
चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लेसान सहरमा आइतबार पहिरो जाँदा १४ जनाको मृत्यु भएको छ । प्रान्तीय प्रशासनले पहिरोमा परी १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
घटनामा अन्य पाँचजना बेपत्ता भएका स्थानीय सञ्चार विभागले जनाएको छ ।
सहरको जिनकोहे जिल्लाको योङसेङ टाउनसिपको एक जंगल क्षेत्रमा बिहान ६ बजेतिर पहिरो खसेको थियो ।
घटनापछि बेपत्ताको खोजी गर्न एक सय ८० जनाभन्दा बढीको उद्धार टोली घटनास्थलमा खटाइएको र उनीहरूको खोजीकार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ । रासस