रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाली राष्ट्रिय टिमका सम्पूर्ण खेलाडीको म्यादी जीवन बिमा गराएको छ । रिलायबलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत क्रिकेट खेलाडीको म्यादी जीवन बिमा गराएको हो ।
कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दीपेशबाबु तिवारीले राष्ट्रिय टिमलाई उक्त बिमा हस्तान्तरण गरे । राष्ट्रको नाम उच्च राख्ने खेलडीलाई यस किमिसको सहयोगले अझ बढी प्रोत्साहन गर्ने उनले बताए । ‘जीवन बिमा जरुरी छ’ भन्ने मूल नाराका साथ स्थापना भएको रिलायबलले नेपाली बिमा बजारमा ५० लाखभन्दा बढी बिमालेखहरू जारी गरिसकेको छ ।