१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २० शनिबार
  • Sunday, 11 May, 2025
२o८o जेठ २० शनिबार ११:३८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राष्ट्रिय भलिबलको उपाधि विभागीय क्लब एपिएफलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २० शनिबार ११:३८:oo

केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौँडा र मकवानपुर जिल्ला भलिबल संघको आयोजनामा हेटौँडामा सम्पन्न दोस्रो राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरीको एपिएफले जितेको छ।  

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४, हुप्रचौरस्थित भलिबल कोर्टमा शनिबार सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई हराउँदै एपिएफले उपाधि जितेको हो। एपिएफले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो। 

पहिलो सेट २५–२० ले जितेको एपिएफले दास्रो सेट भने १७–२५ मा गुमएको थियो । त्यसपछिका दुवै सेट लगातार २५–१७ र २९–२७ ले आफ्नो पक्षमा पार्दै एपिएफले उपाधि उचालेको हो । 

उपाधि विजेता एपिएफले नगद २ लाख रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेतामा सीमित भएको आर्मीले नगद १ लाख रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

यस्तै, सेमिफाइनलमा पुग्न सफल भएका नेपाल प्रहरी र गण्डकी भलिबल टिमले जनही ५०/५० हजार नगद प्राप्त गरेका छन्। विद्यागत उत्कृष्ट हुन सफल खेलाडी तथा कोचलाई समेत नगद सहितपुरस्कार प्रदान गरिएको छ। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी बन्न सफल एपिएफका विजय थापाले नगद १५ हजारसहित सिल्ड प्राप्त गरे।

यसैगरी, वेस्ट स्पाइकर आर्मी क्लबका शरण सामरी, वेस्ट ब्लकर आर्मीकै सनोज चौधरी, वेस्ट डिफेन्डर आर्मीकै ईश्वर थापा, वेस्ट सेटर एपिएफका सुवास कुँवर र वेस्ट कोच एपिएफका पुष्पजंग मल्ल घोषित भए । उनीहरूले जनही नगद ५/५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन्।

प्रतियोगिताको विजेता, उपविजेता र विद्यागत उत्कृष्टहरूलाई कार्यक्रमका प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, प्रतिष्ठानका अध्यक्ष प्रताप  विष्टलगायतले पुरस्कार प्रदान गरेका थिए।