मेसीमाथि नजर राख्दै बेकह्याम

शनिबार, २० जेठ, २०८०
डिजिटल संस्करण

इंग्लिस फुटबलका लिजेन्ड डेभिड बेकह्यामको स्वामित्वमा रहेको अमेरिकन क्लब मेसीलाई नयाँ सिजनमा भित्र्याउने कसरतमा

अर्जेन्टिनी कप्तान लियोनल मेसीले पेरिस सेन्ट जर्मेन (पिएसजी) छाड्ने पक्का भएको छ । यस सिजनको अन्त्यसँगै मेसी र फ्रेन्च क्लब पिएसजीबीचको सम्झौता समाप्त हुँदै छ । पिएसजीले मेसीसँग सम्झौता नगर्ने पक्का छ । पिएसजीका प्रशिक्षक क्रिस्टोफ गाल्टियरले मेसीले सिजनको अन्त्यसँगै क्लब छाड्ने पुष्टि गरिसकेका छन् । ‘विश्वकै महान् खेलाडी मेसीले पिएसजी छाड्ने पक्का हो, पिएसजीसँगको सम्झौता लिगको अन्त्यसँगै सकिनेछ, उनको सम्झौता नवीकरण हुनेछैन,’ पिएसजीका प्रशिक्षक क्रिस्टोफले बिबिसीसँग भनेका छन् । 

मेसीले पिएसजी जाँदा उनी कता जान्छन् भन्ने चासो छ । बार्सिलोना, साउदी अरेविया तथा अमेरिकाको क्लबले उनलाई भित्राउन होडबाजी गर्ने बेलायती मिडियाहरूले जनाएका छन् । इंग्लिस फुटबलमा लिजेन्ड डेभिड बेकह्यामको स्वामित्वमा रहेको अमेरिकन क्लबले मेसीलाई नयाँ सिजनमा अनुबन्ध गर्न तयारी गरेको छ । पाँच वर्षअघि बेकह्याम स्वयंले आफ्नो क्लबमा क्रिस्टियानो रोनाल्डो र मेसीलाई सँगै खेलाउने योजना सुनाएका थिए । 

अमेरिकामा मेसी भिœयाउने योजना बेकह्यामको पाँच वर्ष पुरानो हो । अब बेकह्याम आफ्नो सपना पूरा गर्न लागेका छन् । यद्यपि, बेकह्यामले मेसीसँग अनुबन्ध गर्दा कति रकम खर्चने स्पष्ट पारेका छैनन् । तर, बार्सिलोनाको तुलनामा पक्कै इंग्लिसम्यानले धेरै रकम खर्चने छन् । यद्यपि, साउदी अरेबियन क्लबले एक महिनाअघि मेसीलाई विश्व फुटबलकै कीर्तिमानी रकम प्रस्ताव राखेका थिए । मेसी नयाँ सिजनमा कुन क्लबमा जाने भन्ने उनका एजेन्टले तय गर्नेछन् । 

सन् २०२१ मा मेसी स्पेनिस क्लब बार्सिलोना छाड्दै पिएसजीसँग आबद्ध भएका थिए । बार्सिलोनासँगको १७ वर्षको साँठगाँठ तोड्दा मेसी निकै भावुक बनेका थिए । पिएसजीमा दुई सिजन बिताएका मेसीको ३ जुनमा अन्तिम खेल हुनेछ । पिएसजी त्याग्ने तयारी गरेका मेसीलाई बार्सिलोना र अमेरिकन क्लबले भिœयाउने तयारी गरेका छन् ।

दुई वर्ष पिएसजीमा मेसी
मेसीले दुई वर्ष पिएसजीमा बिताए । उनको अन्तिम खेल ३ जुनमा हुनेछ । मेसीले पिएसजीबाट क्लेरमोन्टविरुद्ध खेल्ने तय भएको छ । मेसीले चालू सिजन फ्रेन्च लिग वानमा १६ गोल र १६ असिस्ट गरेका छन् । दुई वर्षभित्र मेसीले फेन्च लिग वान उपाधि जितेका छन् । युरोपियन फुटबलमा मेसीले क्लबस्तरीय फुटबल प्रतियोगितामा सर्वाधिक गोल गर्ने रोनाल्डोको कीर्तिमान गत साता भंग गरेका थिए ।

See More On

सुझावित समाचार