मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
विदुर पौडेल सिन्धुली
२०८० जेठ १९ शुक्रबार १२:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिटिइभिटीको गाडी सुनकोसीमा खस्यो, तीन कर्मचारी बेपत्ता

Read Time : < 1 मिनेट
विदुर पौडेल, सिन्धुली
२०८० जेठ १९ शुक्रबार १२:३८:००

मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट सिटिइभिटीको गाडी सुनकोसी नदीमा खसेको छ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बिएबी ७४६७ नम्बरको स्कारपियो गोलन्जोर गाउँपालिका– ७ को लौकुनबाट सुनकोसीमा खस्दा तीन कर्मचारी बेपत्ता भएका प्रहरीले जनाएको छ।

गाडीचालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए। गाडी पूरै डुबेको र निकाल्न नसकिएको सिलवालले बताए।

उनका अनुसार गाडीमा सिटिइभिटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमबहादुर भुजेल र प्राविधिक अधिकृत भानु पौडेल सवार रहेको खुलेको छ। स्थानीय र प्रहरी टोलीले उनीहरूको खोजी गरिरहेको छ।