मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १६ मंगलबार
  • Tuesday, 03 October, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १९ शुक्रबार ०८:०५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बजेट सार्वजनिक भएको तीन दिनपछि सेयर बजारमा ‘करेक्सन’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १९ शुक्रबार ०८:०५:००

बजेट सार्वजनिक भएको तीनपछि सेयर बजार करेक्सन भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा लिँदै आएको करभन्दा थप कुनै पनि कर नलगाएको प्रस्टीकरण दिएको भोलिपल्ट बिहीबार नेप्से परिसूचक १६ दशमलव ५४ अंकले बढेर एक हजार आठ सय ६६ दशमलव ३४ विन्दुमा बन्द भएको हो ।

संसद्मा अर्थमन्त्री डा. महतले आर्थिक विधेयकमा सेयर बजारमा लिँदै आएको करमा हेरफेर गरेको भन्दै लगानीकर्ता निराश बनेका थिए । नाफामा पनि आयकर लगाउने भएपछि लगानीकर्ता आन्दोलिन भएका हुन् । जसको असर सेयर बजारमा देखिएको हो ।

बजेट प्रस्तुत भएको भोलिपल्ट मंगलबार नेप्से सूचकमा उच्च अंकको गिरावट आएको थियो ।  नेप्से परिसूचक ५३ दशमलव १६ अंकले घटेर एक हजार आठ सय ८८ दशमलव ६१  विन्दुमा आइपुगेको थियो । बजेट प्रस्तुत भएकै भोलिपल्ट बजार १९ सयको विन्दुमा एक तह तल झर्दा लगानीकर्ता अतालिएका थिए । 

बुधबार पनि बजार निरन्तर घट्ने क्रम नरोकिएपछि अर्थमन्त्री डा. महतले सेयर बजारमा लगाइएको करका सम्बन्धमा  लगानीकर्तालाई  प्रस्ट पारेका थिए । बुधबार नेप्से परिसूचक ३८ दशमलव ८३ अंकले घटेर एक  हजार  आठ सय ४९ दशमलव ७९ विन्दुमा आएपछि अर्थमन्त्री डा. महतको चर्को आलोचना भएको थियो । ‘सेयरविरोधी’को आरोप लागेपछि अर्थमन्त्री महतले एक कार्यक्रममार्फत सेयर बजार कारोबारमा कुनै किसिमको कर नलगाइएकाले ढुक्क हुन लगानीकर्तालाई आग्रह गरेका थिए । उनले भनेका थिए, ‘लगानीकर्तालाई ९९.९९ प्रतिशत कर लगाइएको कुरा सत्य होइन ।’

त्यस्तै, आन्तरिक राजस्व विभागले पनि बजेटमा कुनै पनि प्रकारको कर नलगाएको र करको दर यथावत् रहेको भन्दै विज्ञप्ति जारी गरेको थियो । सरकारी पक्षबाट नै करमा हेरफेर नभएको पाएपछि लगानीकर्ताले बिहीबारको बजारमा आशावादी भएर लगानी गरेका हुन् । यस चार दिन भएको कारोबारमा आठ अर्ब ९५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । बजार  समग्रमा ४ प्रतिशतले घटेको छ । बुधबार बढेको बजारमा जलविद्युत् समूहका कम्पनीहरूको सेयर मूल्य बढेको छ ।